नेभिगेशन
राजनीति

हुम्ला उपनिर्वाचनः दुई जना स्वतन्त्र सहित ७ जनाको उम्मेदवारी

सिमकोट । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि विभिन्न राजनितिक दलहरुबाट सात जनाको उम्मेदवारी परेको छ । मंसिर १६ गते हुने उपनिर्वाचनको लागि उपाध्यक्ष पदको लागि ७ जनाको उम्मेदवारी परेको मुख्यनिर्वाचन अधिकृत शम्भु प्रशाद बरालले बताउनुभयो । 

नेपाली कांग्रेसबाट सर्केगाड गाउँपालिका वडा नम्बर ८ राहदेब गाउँकी सविता ऐडीको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट वडा नम्बर सात रोडिकोट गाउँकी जाना शाही, नेकपा माओबादी केन्द्र सहित समाजबादी मोर्चाबाट वडा नम्बर आठ राहदेब गाउँकी  देबकी तिमिल्सििना, राष्टिय प्रजातन्त्र पाटी बाट गैरी साँया ४ की संगिता शाही र राष्टिय स्वतन्त्र पाटी(रास्वपा) बाट फुँचा ८ की बाँचा शाहीको उम्मेदवारी परेको छ । यस्तै स्वतन्त्रबाट २ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवार तर्फ सर्केगाड ५ गोठीका नरेश साही र सर्केगाड ४ साँयाकै रामशरा खड्का शाहीको उम्मेदवारी परेको छ । गाउँपालिका स्तरका आफ्ना कार्यालयहरुबाट बाजाघाजा सहित उम्मेदवारी दर्ता गरेका हुँन् ।

मनोनय दर्ताको दुई दिन अगाडी बसेको सर्बदलीय बैठकले ठुला दल अनुसार उम्मेदवारी दर्ता गर्ने  कार्य गर्ने सहमति अनुसार सो काम भएको हो । जसमा उम्मेदवार दर्ता गर्ने दिनमा जिल्लाका ठुला दलहरु मध्य नेपाली कांग्रेसले सबै भन्दा अगाडी आफ्नो उम्मेदवारी मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा दर्ता गर्ने कार्य भएको थियो । 
काँग्रेसका तर्फबाट उपाध्यक्ष पदका लागि सविता बुढाले उम्मेदवारी दर्ता गर्ने कार्य भएको हो । यसअघि नेपाली काँग्रेसले गाउँपालिका केन्द्र सर्केगार्डको मिलन चोकबाट बाजाघाजा सहित र्याली निकाले मुख्य निर्वाचन अधिकृतका कार्यालयमा पुगेर उम्मेदवार दर्ता गर्ने कार्य भएको हो । काँगेस पार्टी सभापति मोहन बिक्रम सिंह, पुर्वपार्टी सभापति जयपति रोकाया, संविधान सभासदस्य रिता शाहीको नेतृत्वमा उम्मेदवार दर्ता गर्ने कार्य भएको थियो ।

त्यसैगरि नेकपा एमालेले पनि आफ्नो उम्मेदवारको उम्मेदवारी दर्ता दोस्रोमा गरेको छ । एक दिन अगाडी मात्र उम्मेदवारको नाम घोषणा गरेको एमालेका तर्फबाट जाना शाहीले उम्मेदवार दर्ता गर्नु भएको हो । एमाले केन्द्रीय सदस्यहरु छक्कबहादुर लामा, दल रावल, दल फडेराको नेतृत्वमा उम्मेदवारी दर्ता गर्ने कार्य भएको हो । यसअघि सृजना चोकबाट नेकपा एमालेले र्याली निकालेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको हो ।

त्यसैगरि तेस्रोमा नेकपा माओवादी केन्द्रले आफ्नो उम्मेदवारी दर्ता गर्ने कार्य गरेको थियो । माओवादी केन्द्रका तर्फबाट देबकी तिमिल्सिनाले उम्मेदवारी दर्ता गरेकी छन् । तिमिल्सिना नेकपा माओवादी केन्द्र हुम्लाका संयोजक दिपेन्द्र रोकायाकी धर्मपत्नी हुँन् । माओवादी केन्द्रले आईतबार बिहान मात्र उम्मेदवारी छनौट गरेको थियो । माओवादी केन्द्रीय सदस्य बिजय भण्डारी, सिता शाही, छिमिदोर्जे लामाको नेतृत्वमा पुल्चोकबाट निकालिएको र्याली सर्केगार्ड बजार परिकर्मा गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको थियो । माओवादी केन्द्रका उम्मेदवारलाई समाजवादी मोर्चाका घटकहरु नेकपा एकिकृत समाजवादी, बिप्लव र नेकपा माओवादीको सर्मथन रहेको छ । माओवादी केन्द्रकी उम्मेदवार तिमिल्सीना र काँग्रेस उम्मेदवार बुढा एउटै गाउँकी रहनु भएको छ ।

त्यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संगिता शाहीले पनि उम्मेदवारी दर्ता गर्नु भएको छ । सो पार्टीका केन्द्रीय सदस्य कालीबहादुर शाही र जिल्ला अध्यक्ष बिकास महतको नेतृत्वमा उम्मेदवारी दर्ता गर्ने कार्य भएको हो । त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि उम्मेदवारी परेको छ । सो पार्टीबाट बाँचु बुढाले उम्मेदवारी दर्ता गर्नु भएको हो । त्यस्तै दुई जनाले स्वतन्त्र उम्मेदवार दिनु भएको छ । विभिन्न राजनितिक दलहरुले आफ्नो उम्मेदवार हर्सउल्लासका साथ बाजागाजा सहित उम्मेदवारी दर्ता गराएको जानकारी प्राप्त भएको छ । 

उपनिर्वाचनका लागि शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको थियो । मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
हुम्लामा पनि ओलीको रिहाईको माग गर्दै सडकमा उत्रियो एमाले

हुम्लामा पनि ओलीको रिहाईको माग गर्दै सडकमा उत्रियो एमाले

पुर्व प्रधानमन्त्री एबम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडक संघर्ष गर्ने सचिवालय बैठकको निर्णयसँगै कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् । देशै भर दिउँसो ३ बजेदेखि एमालेको...
नेकपा एमालेका उम्मेदवार फडेराको निर्वाचन खर्च २० लाखः नेकपाका उम्मेदवार रोकायाको २६ लाख

नेकपा एमालेका उम्मेदवार फडेराको निर्वाचन खर्च २० लाखः नेकपाका उम्मेदवार रोकायाको २६ लाख

नेपाल कम्युनिष्ठ पार्टी एमाले हुम्लाका उम्मेदवार दल फडेराले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको खर्च सार्वजनिक गर्नु भएको छ । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवारको...
निर्वाचन खर्च विवरण बुझाउन निर्वाचन कार्यालयको आग्रह

निर्वाचन खर्च विवरण बुझाउन निर्वाचन कार्यालयको आग्रह

जिल्ला निर्वाचन कार्यालय हुम्लाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका सबै उम्मेदवारलाई निर्वाचन खर्च विवरण पेश गर्न आग्रह गरेको छ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...
जिल्लाको कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा ४२ जनाको मत खस्यो

जिल्लाको कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा ४२ जनाको मत खस्यो

जिल्लाको कारागार अस्थायी मतदान स्थलमा जम्मा ४२ जनाले मतदान गरेको मतदान अधिकृत श्याम सापकोटाले जानकारी दिनुभएको छ ।