नेभिगेशन
सिमकोट

अण्डर १३ मा कैलाश बोधी र अण्डर १७ को बालमिन्दर माध्यामिक विद्यालय बिजेता

सिमकोट । जिल्ला स्तरीय अण्डर १३ अन्तर विद्यालय स्तरीय फुटवल प्रतियोगिताको फाईनल खेलमा कैलाश बोधी आवासीय विद्यालय विजेता भएको छ । आईतबार भएको फाईनल खेलमा कैलाश धोबीले बालमन्दिर माविबाट बिजेता भएको हो । निर्धारित खेल एक–एक गोल गरेर बराबरीमा टुङ्गिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पहिले चरणमा पाँच पाँच जनाले बराबरी गोल गरेपनि खेल अझै रोचक लयमा गएको थियो । फुटबलको नियम अनुसार खेल सडेज गेजमा गएको थियो । जसमा कैलाश बोधी गोल हाल्न सफल भएको थियो भने बालमन्दिर चुकेको थियो । 

यस्तै अण्डर १७ को फाईनल खेलमा बालमन्दिर माध्यामिक विद्यालय बिजेता बनेको छ । मानसरोवर माध्यामिक विद्यालयलाई एक गोलले पराजित गर्दै बामन्दिर मावि अण्डर १७ मा प्रमुख भएको आयोजक तथा हुम्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णु रावतले बताउनुभयो । बिजेता अण्डर १३ र अण्डर १७ का उत्कृष्ट गोलकर्ता, डिफेन्डर, खेलाडी र गोल रक्षकलाई मेडल, प्रमाणपत्र, पुरस्कार समेत वितरण गरिएको जानकारी प्राप्त भएको छ । लिटिल एन्जल्स स्वर्गीय भुपेन्द्र रावतको स्मृतिमा उक्त प्रतियोगिता हुम्ला फुटवल ऐकेडेमीले आयोजना गरेको हो । प्रतियोगितामा अण्डर १७ मा चार वटा र अण्डर १३ मा चार टिमको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न क्षेत्रका उपलब्धिहरूको समीक्षा गर्दै वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष...
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
भर्खरै