नेभिगेशन
राजनीति

सर्केगाड उपनिर्वाचनका लागि सर्वदलिय बैठक सम्पन्न 

सिमकोट । आगामी मंसिर १६ गते हुन गैरहेको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदको उपनिर्वाचनको लागि सर्बदलिय बैठक सम्पन्न भएको छ । 

मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालको अध्यक्षतामा आइतबार बसेको बैठकले मंसिर १६ गते हुने उपनिर्वाचनका आचार संहिताको अनुगमन तथा निर्वाचन व्ययवस्थापन लगायतका विषयहरुमा निर्वाचनमा सहभागि दलहरुबीच छलफल भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

बैठकमा सहभागि जिल्लाका राजनितिक दलहरुले उपनिर्वाचनलाई निष्पक्ष र स्वच्छ वातावरणमा सम्पन्न गर्न आफूहरु प्रतिवद्ध भएको बताएका छन् । 

निर्वाचनमा सहभागि भएका सबै दलहरुले उपनिर्वाचन २०८१ सम्बन्धि ऐन कानुन र निर्देशिकामा उल्लेख भए बमोजिमका आचार संहिता पालना गर्ने निर्णय समेत गरेको मुख्य निर्वाचन अधिकृत बरालले जानकारी दिनुभयो । 

उप-निर्वाचन अवधिभर शान्ति सुरक्षामा खलल पुग्ने कुनैपनि कार्य राजनितिक दल बाट हुन नदिने गरेर सामुहिक रुपमा राजनितिक दलहरुलाई प्रतिबद्धता जाहेर भएको छ, मुख्यनिर्वाचन अधिकृत बरालले भन्नुभयो, सर्बदलिय बैठकमा उपनिर्वाचन आचारसंहिता, निर्वाचन कानूनका बारेमा दलहरुलाई जानकारी गराउने काम भयो । 

मतदान हुन एकसाता मात्र बाँकी रहेको अवस्थामा आयोजित बैठकमा उपनिर्वाचनमा सहभागि जिल्लाका सबै राजनितिक दलका प्रमुख र स्वतन्त्र उम्मेरदवारका प्रतिनिधिहरुको सहभागिता  रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
जेन जी समूह र प्रधानसेनापतिबीच राति वार्ता, यस्ता छन्, छलफलका एजेण्डा 

जेन जी समूह र प्रधानसेनापतिबीच राति वार्ता, यस्ता छन्, छलफलका एजेण्डा 

प्रधानसेनापतिसँगको छलफलपछि मागसहित कसरी र कोको सहभागी हुने विषयमा अहिले गृहकार्य गरिरहेको काठमाण्डू स्थित संयोजक पुरुषोत्तम यादवले बताए ।
जेन–जी पुस्ताको आन्दोलन, एलटपुलट व्यवस्थाः उथलपुथल देश 

जेन–जी पुस्ताको आन्दोलन, एलटपुलट व्यवस्थाः उथलपुथल देश 

देश शून्य अर्थात् राज्यविहीनताकै अवस्थामा पुगेको छ । नेपाली सेनाबाहेकका सबै सुरक्षा निकाय, राज्यका सबै संवैधानिक अंग र निकायहरू जिम्मेवारी पूरा गर्न नसक्ने अवस्थामा पुगेका छन् । 
नेकपा एमाले हुम्लाद्वारा पत्रकार भेटघाट

नेकपा एमाले हुम्लाद्वारा पत्रकार भेटघाट

नेकपा एमाले जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा र नेकपा एमाले केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश पूर्व सामाजिक विकास मन्त्री दल रावलको प्रमुख आथित्यका साथै संस्थापक बरिस्ठ नेता लोक...
नेकपा एमालेको सातौ  पुर्ण बैठक सम्पन्न, १५ जना एमालेमा प्रवेश

नेकपा एमालेको सातौ पुर्ण बैठक सम्पन्न, १५ जना एमालेमा प्रवेश

सोमबार बिहान पाटी कार्यालयमा बसेको बैठक सम्पन्न भएको छ । नेकपा एमाले हुम्लाका अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा र नेकपा एमाले पाटीका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सरकारका पुर्व...