नेभिगेशन
सिमकोट

सिमकोटमा सामुदायिक कुकुर व्यवस्थापन गर्न बन्ध्याकरण गरिंदै

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा सामुदायिक कुकुरले दिउँसो र रातसाँझ हिंड्डुल गर्न अप्ठ्यारो पारेपछि नियन्त्रणका लागि बन्ध्याकरण गर्न थालिएको छ । सिमकोट बजारमा घरपालुवा तथा छाडा कुकुरको टोकाईबाट बच्न कुकुर नियन्त्रणमा लिइने भएको छ । 

  जिल्ला प्रशासन कार्यालयमा शनिवार विहान निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाश भण्डारीको अध्यक्षतामा बसेको बैठकले सदरमुकाममा छोडिएका सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सञ्चालन गरिने भएको छ । 
   प्रमुख जिल्ला अधिकारी भण्डारीको अध्यक्षतामा बसेको बैठकले कोही कसैले फाल्तु कुकुरले कोही कसैलाई टोकेमा औषधि उपचारको खर्च सहित कुकुर धनी जिम्मेवारी हुनु पर्ने निर्णय गरिएको छ । साथै आ आफ्नो फाल्तु कुकुरलाई स्वयम धनीले नियन्त्रणमा राख्नका लागि सञ्चार माध्यामबाट सूचना प्रशारण गर्नु पर्ने छ । यसैगरी कुकुर बन्ध्याकरण गर्ने कार्यका लागि सम्बन्धित गाउँपालिका पशु अस्पताल र सुरक्षा निकायसँगको सम्नवयमा कुकुर बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिने भएको निमित्त प्रमुख जिल्ला अधिकारी भण्डारीले बतायनुभयो । त्यसैगरी कुकुर धनीले आफ्नो कुकुर पहिचानका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी बेल्ट नम्बर र भ्याक्सिन कार्डको व्यवस्था अनिर्वाय गर्नु पर्ने भनिएको छ । 

   सिमकोट बजार क्षेत्रका कुकुरलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी, स्थानीयको सहयोग लिइने भएको छ । सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिने र त्यसपछि कुकुरको बन्ध्याकरण गरिने भएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो । 

   सिमकोट बजारमा आवतजावत गर्दा सामुदायिक कुकुरले टोक्ने गरेको जनगुनासो आएपछि व्यवस्थापनको प्रयास गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । बजार क्षेत्रमा डुलिराख्ने सामुदायिक कुकुरले विशेष गरेर विद्यार्थी र यात्रुलाई समस्या भइरहेको छ । बिहानै स्कूल जाँदा सामुदायिक कुकुरले टोक्ने गरेको गुनासो आएको पाइएको छ ।

  जिल्ला प्रशासन कार्यालयमा विहान बसेको बैठकमा सिमकोट गाउँपालिका अध्यक्ष भण्डारी, निमित्त प्रजिअ भण्डारील, उपसेनानी तिलकचन्द ठकुरी, प्रहरी निरीक्षक सरोज कँडेल, सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ममता महत, धन बहादुर रावत पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्ला, लोकेन्द्र कुमार शाही जिल्ला पशसन लगायतको उपस्थित रहेको थियो । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
भर्खरै