नेभिगेशन
सिमकोट

पत्रकार महासंघ शाखा हुम्ला अध्यक्षमा रावत पुन: दोहोरीए, अन्य पदाधिकारी सर्वसहमतीमै निर्वाचीत

सिमकोट । नेपाल पत्रकार महासंघ शाखा हुम्लाको निर्वाचनमा राजन रावतको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध निर्वाचित भएको छ । रावत हुम्ला शाखा अध्यक्षमा पुन: दोहोरीनु भएको हो । अघिल्लो पटकको निर्वाचनमा रावत अध्यक्ष हुनुभएको थियो । अघिल्लो पटक प्रेस चौतारी र प्रेस युनियन मिलेर रावत अध्यक्ष हुनु भएको थियो । यसपटक भने तीनवटै संगठनको सहमतीमा रावत अध्यक्ष हुनु भएको हो । 

   प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरको सर्वसहमतीमा तीनवटै संगठनका पदाधिकारी निर्विरोध भएको जानकारी प्राप्त भएको छ । अध्यक्षमा राजन रावत प्रेस युनियन, बरिष्ठ उपाधयक्षमा सुरेश परीयार प्रेस चौतारी, उपाध्यक्ष समावेशीमा छपाल लामा युनियन, नन्द सिंह सचिव चौतारी, सह–सचिव खुल्ला पदमराज हमाल चौतारी, सह–सचिव समावेशी भक्तराज ऐडी सेन्टर र कोषाध्यक्षमा मन्दिर सिंह सेन्टरबाट तीन वटै संगठनका सर्वसहमतीमा निर्वाचीत भएको निर्वाचन समिति संयोजक राज बहादुर शाहीले बताउनुभयो । 

  यस्तै आठ जना जिल्ला कार्य समितिको सदस्यमा निर्वाचीत भएको बताइएको छ । केन्द्रिय प्रतिनिधिमा नवराज महतारा, नृप हमाल र प्रदेश पारषद प्रतिनिधिमा मोतिलाल महतारा रहेको जानकारी प्राप्त भएको छ । हुम्लामा प्रेस चौतारी पहिलो भएपनि सेन्टर, युनियन तीनवटै संगठनको सहकार्य र सहमतीमा निर्वाचीत भएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

भर्खरै