नेभिगेशन
खार्पुनाथ

रायाँ गाउँमा आएको विकासे योजनामा पहुँचका भरमा उपभोक्ता समिति चयन 

सिमकोट । हुम्ला जिल्लाको खार्पुनाथ गाँउपालिका वडा नम्बर तीन राया गाँउमा मनपरी उपभोक्ता समिति गठन गर्ने पाइएको छ । विभिन्न भवन निर्माण, सिचाई, बाटोघाटो, पुलपुलेसा लगायतको विकास निर्माणका लागि राजनितिक पहुँचका भरमा उपभोक्ता समिति गठन हुने गरेको अधिकांस रायाका स्थान्ीयले गुनासो पोखेका छन् ।

पहिलो वर्ष जो व्यक्ति उपभोक्ता समितिको अध्यक्षसहितका पदाधिकारी बसेका छन् । दोस्रो पटक गाउँमा आउँदा पनि उहि व्यक्ति बस्ने गरेको पाइएको छ । रायाँ गाउँपालिका अगुवा, भद्रभलादमी, राजनितिक पहुँच, सत्तामा बसेका व्यक्तिले मात्रै उपभोक्ता समिति चयन गर्नुका साथै आफन्त, नाताबादबाट चयन हुने गरेको पाइएको छ ।

पहुँच नभएका राया गाउँका नागरीकले उपभोक्ता समितिको सदस्य समेत बस्न नपाउने प्रविधि रहेको छ । गाउँपालिका, प्रदेश र संघ सरकारबाट आएका योजनाहरुको आ आफ्नो पहुँचका भरमा उपभोक्ता चयन गर्ने चलन रहेको छ । गाउँमा पुगेको योजना विकासका बजेटलाई सबैलाई मिलाएर लैजानु पर्ने ठाउँमा पार्टीको भागबण्डा लगायतको प्रविधिको शाहवी भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप खार्पुनाथ
पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

वडा अध्यक्ष जयबहादुर शाहीका अनुसार लालि गाउँका रामचन्द्र रावलका अन्दाजी १४ वर्षको छोरा प्रशान्त रावल र बिर्ख शाहीकी अन्दाजी १३ वर्षकी छोरी अनु शाही बेपत्ता भएका हुन् ।
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...