नेभिगेशन
समाज

२७औँ भूकम्प सुरक्षा दिवसमा डेमो प्रदर्शनसहित विभिन्न जनचेतामूलक कार्यक्रम

सिमकोट । जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको अध्यक्षतामा शुक्रबार बसेको बैठकले हुम्लामा पनि माघ २ गते २७ औँ भूकम्प सुरक्षा दिवस मनाइने भएको छ । 
  जिल्लामा  समय समयमा आइरहने भूकम्पको जोखिमबाट जिल्लावासी तथा जिल्लामा निर्मित संरचनालाई जोगाउनका लागि भूकम्पले सिकाएको पाठ बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ, भन्ने नाराका साथ माघ दुई गते उक्त दिवस मनाइने भएको जानकारी प्राप्त भएको छ । जिल्ला प्रशासनमा शुक्रबार विभिन्न सरोकारवाला निकाय उपस्थितमा बसेको बैठकले विभिन्न निर्णय समेत गरेको छ ।

    माघ २ गते व्यानार र प्लेकार्ड सहित विहान ११ बजे जिल्लास्थित सबै कार्यालय, संघ संस्थाका प्रमुखहरुको सहभागीतामा सिमकोटमा बजारमा प्रभातफेरी गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो । यस्तै जिल्ला प्रशासन कार्यालयबाट सुरु हुने प्रभातफेरि कार्याक्रमको संयोजक पूर्वधार विकास कार्यालयले गर्ने भएको जिल्ला प्रशासनका लोकेन्द्र शाहीले बताउनुभयो ।

    त्यसैगरी माघ २ मा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा कार्यालय, नेपाल पत्रकार महासंघ, नेपाल रेडक्रश सोसाइटी, गैरसरकारी संस्था महासंघ, निर्माण व्यवसायी महासंघ लगायतका कार्यालय एवम् विभिन्न संघ संस्थाको संयुक्त सहभागीतामा भूकम्पमा आधारित कृतिम घटना अभ्यास ९कष्mगबितष्यल० गर्ने, २७ औँ भूकम्प सुरक्षा दिवस २०८१ को लागि तय गरिएको नारामा केन्द्रित रहेर सिमकोटमा प्रकाशीत सञ्चालीत पत्रपत्रिका, रेडियोहरुले खानेपानी, सिचाइ तथा उर्जा विकास कार्यालयसँग समन्वय गरी माग महिनाभरी भूकम्प सुरक्षा सम्बन्धि विभिन्न सन्देशहरु प्रचारप्रसार गर्ने निर्णय भएको शाहीले बताउनुभयो । 

   २७ औँ भूकम्प सुरक्षा दिवस २०८१ को लागि तय गरिएको नामा केन्द्रित रहेर सिमकोटमा सञ्चाली रेडियोहरुले सामाजिक विकास कार्यालयसँग समन्वय गरी माघ २ मा रेडियोपरि सम्वाद अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, जिल्लाका सातवटै स्थानीय तहरुसँग समन्वय गरेर भूकम्पको जोखिमबाट मानवीय तथा भौतिक संरचना बचाउन स्थानीय तहमा तालिम, कार्यक्रम सञ्चालन गर्ने, तालिम कार्यक्रमका लागि जिल्लास्थित सुरक्षा निकाय र नेपाल रेडक्रश सोसाइटी एवम् अन्य सरोकारवाला संघसंस्थाले विज्ञको व्यवस्था गर्ने, गराउने निर्णय भएको जानकारी प्राप्त भएको छ ।

    आजै भएको उक्त बैटकमा प्रतिकसिंह राठौर सेनानी, बराहदल गुल्म रानीवन ब्यारेक, राजकुमार न्यौपाने अनुसन्धान अधिकृत प्रमुख, सरोज कडेँल प्रहरी निरीक्षक, टिकाराम थापा सशस्त्र प्रहरी नायव निरीक्षक, हर्कबहादुर बस्नेत सामाजिक विकास कार्यालयका प्रमुख लगायत सञ्चारकर्मीको उपस्थित रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।