नेभिगेशन
खार्पुनाथ

हुम्लामा मनाइयो माघी पर्व

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खार्पुदोभानमा माघी पर्व धुमधामका साथ मनाइएको छ । सोमबार राती खार्पुदोभानको शिवालयमा हजारौ भक्तजन पुगेर दर्शन गरेको जानकारी प्राप्त भएको छ ।

    माघी पर्व दर्शनका लागि सदरमुकाम सिमकोट सहित आसपासका गाउँबाट ठूलो मात्रामा भक्तजन त्यस यहाँ पुगेका थिए । मानसरवरबाट बग्ने कर्णाली नदिको खार्पु दोभान तीर्थस्थलमा श्रद्धालु भक्तजनको ठूलो उपस्थिति सहित माघी पर्व रमझम गरी मनाइएको खार्पुनाथ शिवलय समिती अध्यक्ष हरिभक्त शाहीले जानकारी दिनुभयो । करीब दुई हजार बढी भक्तजनले खार्पु मन्दिरमा रहेको ऐतिहासिक शिवालयमा पुगेर दर्शन गरेको शाहीले बताउनुभयो । खार्पुमन्दिर भित्र सयौँ वर्ष पुरानो गुफा रहनुका साथै त्यहाँ माघी १ गते दर्शन गर्दा आफूले चिताएको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । मन्दिर परिशर क्षेत्रमा यो वर्ष शिवको ठूलो मन्दिर समेत निर्माण गरिएको छ । 

    सिमकोट र खार्पुनाथ गाउँपालिकाबाट तीर्थालु भक्तजन खार्पुनाथ मन्दिर दर्शन गर्न जान्छन् । रातभर आगो बालेर खार्पुनाथ मन्दिर परिसरमा फाक, चाँचि,शिवको भजन गाएर आन्नद लिने गरिन्छ । हरेक उम्मेरसमुहका समुह समुह देउडा नृत्यसहित युवाले रमाइलो गरी यो पर्व मनाउने प्रचलन रहेको अध्यक्ष शाहीले बताउनुभयो । आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् भन्ने मान्यता छ । 

    पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन १ गते मङ्गलबार बिहानै स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाएको शाहीले बताउनुभयो । हिउँदयामको कठ्याङग्रीदो चिसोको कुनै प्रवाह नगरी जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा छ । गएराती तीन बजेबाट शिबालय मन्दिरको भक्तजनले दर्शन गरेका थिए ।

    यस्तै जिल्लाको सर्केगाड गाउँपालिका–२ रिप र ३ उनापानी गाउँमा माघी पर्वको दिन दिनभर देउडा खेलेर रमाइलो गरिरहेको जानकारी प्राप्त भएको छ । वडाले देउडा खेलको आयोजनामा गर्नुका साथै प्रतिस्पर्धीलाई पुरस्कारको समेत व्यवस्था गरेको छ । एक आपासमा विभिन्न उमेर समुहका मिलेर देउडा खेली रहेको रिप गाउँका मनपुरा कार्कीले बताउनुभयो । यस्तै तरुलको विभिन्न परिकार बनाएर एक आपासमा मिलेर खानुका साथै रमाउने गरेको कार्कीले बताउनुभयो । यस्तै गाउँ नजिक रहेको पधेरामा विहानै गएर स्नान गर्ने गरेको बताइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...
खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर–५ याङचुस्थित जोगराज आधारभूत विद्यालयको दुई कोठे नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । खार्पुनाथ गाउँपालिकाको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण गरिएको...
भर्खरै