नेभिगेशन
समाज

हुम्लामा डेमो प्रदर्शन गरी मनाइयो २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनायो

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा बुधबार कृतिम अभ्यास (डेमो) प्रदर्शन गरी २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाएको छ । जिल्ला समिति हुम्लाको आयोजनामा सिमकोट माथिल्लो बजारमा रहेको बालमन्दिर माध्यामिक विद्यालयमा जनचेतनामूलक कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाइएको हो । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले भूकम्पमा आधारित कृतिम अभ्यास गरी यो दिवस मनाएको जानकारी प्राप्त भएको छ ।

तीनवटै सुरक्षाकर्मीले भूकम्प आउँदा कसरी कच्ने, भूकम्प आइसकेपछि कसरी बच्च सकिन्छ, खोज, उद्धार र राहत लगायतका विषयमा कृतिम अध्यास गरेको प्रमुख जिल्ला अधिकारी नारायाण् पाण्डेयले बताउनुभयो । २०५५ सालदेखि वि.सं. १९९० सालको महाभूकम्पको स्मृतिमा माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाउने गरिन्छ । भूकम्प सुरक्षा दिवसको अवसरमा बुधवार बिहान सदरमुकाम सिमकोटमा भूकम्प स्मृति तथा भूकम्पीय पूर्वतयारी सचेतना प्रभातफेरी गरिएको हो । भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रश जिल्ला शाखा हुम्लाका अध्यक्ष गणेश महतले भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । हिमाली जिल्लामा भूकम्प प्रतिरोधात्म भवन, संरचनाहरु नभएको बताउनुभयो । भूकम्पले सिकाएको पाठः बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ भन्ने नारासहित हुम्लामा भूकम्प सुरक्षा दिवस मनाइएको छ ।

भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी गर्नुपर्ने र हाम्रा घर संरचनाहरु पनि बलियो बनाउनुपर्ने भूकम्पको मुख्य पाठ रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो । विगतका भूकम्पबाट सिकेको पाठ भूकम्पीय जोखिम न्यूनीकरण गर्नुपर्छ भन्ने हो, उहाँले भन्नुभयो, ‘यसका लागि हामीले बनाउने संरचनाहरु भूकम्प प्रतिरोधि हुनैपर्छ । भूकम्पको सम्भाव्य अवस्थालाई पूर्वआंकलन गरी प्रभावकारी र द्रुत खोज तथा उद्धार, सीपयुक्त र तालिम प्राप्त उद्धारक एवम् तत्काल राहतको आवश्यकतालाई समेत तयारी अवस्थामा राख्नु पनि उत्तिकै आवश्यक रहेको प्रजिअको भनाई थियो । सम्भावित धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र पूर्वसूचना प्रणालीको विकासलाई प्राथमिकता दिनुपर्ने उहाँको जोड छ ।

यो दिवसमा जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थित रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

हुम्लामा आन्तरिक रुपमा सडक सञ्चालनमा आए लगत्तै हेलिकोप्टरमार्फत गाडी ढुवानी गरेर आन्तरिक रुपमा चल्न थालेको आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म ७३ वटा सवारी साधन दुर्घटनामा ३६ जनाको मृत्यु...
सहुलियत नुनमा ७० प्रतिशत अतिरित्त मूल्य असुल्दै वडा कार्यालय (भिडियो रिर्पोटसहित)

सहुलियत नुनमा ७० प्रतिशत अतिरित्त मूल्य असुल्दै वडा कार्यालय (भिडियो रिर्पोटसहित)

नुन ढुवानीका नाममा सर्केगाड–१ का पाँच सय १२ घरधुरीबाट प्रति केजि ६ रुपैयाँका दरले ६४ हजार २ सय रकम असुल्ने काम भएको छ । नागरिकको कमजोर आर्थिक अवस्थालाई...
सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण गरिएको छ । ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी सिमकोट गाउँपालिका वडा नम्बर ५ का जेष्ठ नागरिक तथा अपाङ्ग भएका व्यक्तिलाई...
भर्खरै