नेभिगेशन
समाज

हुम्लामा डेमो प्रदर्शन गरी मनाइयो २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनायो

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा बुधबार कृतिम अभ्यास (डेमो) प्रदर्शन गरी २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाएको छ । जिल्ला समिति हुम्लाको आयोजनामा सिमकोट माथिल्लो बजारमा रहेको बालमन्दिर माध्यामिक विद्यालयमा जनचेतनामूलक कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाइएको हो । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले भूकम्पमा आधारित कृतिम अभ्यास गरी यो दिवस मनाएको जानकारी प्राप्त भएको छ ।

तीनवटै सुरक्षाकर्मीले भूकम्प आउँदा कसरी कच्ने, भूकम्प आइसकेपछि कसरी बच्च सकिन्छ, खोज, उद्धार र राहत लगायतका विषयमा कृतिम अध्यास गरेको प्रमुख जिल्ला अधिकारी नारायाण् पाण्डेयले बताउनुभयो । २०५५ सालदेखि वि.सं. १९९० सालको महाभूकम्पको स्मृतिमा माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाउने गरिन्छ । भूकम्प सुरक्षा दिवसको अवसरमा बुधवार बिहान सदरमुकाम सिमकोटमा भूकम्प स्मृति तथा भूकम्पीय पूर्वतयारी सचेतना प्रभातफेरी गरिएको हो । भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रश जिल्ला शाखा हुम्लाका अध्यक्ष गणेश महतले भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । हिमाली जिल्लामा भूकम्प प्रतिरोधात्म भवन, संरचनाहरु नभएको बताउनुभयो । भूकम्पले सिकाएको पाठः बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ भन्ने नारासहित हुम्लामा भूकम्प सुरक्षा दिवस मनाइएको छ ।

भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी गर्नुपर्ने र हाम्रा घर संरचनाहरु पनि बलियो बनाउनुपर्ने भूकम्पको मुख्य पाठ रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो । विगतका भूकम्पबाट सिकेको पाठ भूकम्पीय जोखिम न्यूनीकरण गर्नुपर्छ भन्ने हो, उहाँले भन्नुभयो, ‘यसका लागि हामीले बनाउने संरचनाहरु भूकम्प प्रतिरोधि हुनैपर्छ । भूकम्पको सम्भाव्य अवस्थालाई पूर्वआंकलन गरी प्रभावकारी र द्रुत खोज तथा उद्धार, सीपयुक्त र तालिम प्राप्त उद्धारक एवम् तत्काल राहतको आवश्यकतालाई समेत तयारी अवस्थामा राख्नु पनि उत्तिकै आवश्यक रहेको प्रजिअको भनाई थियो । सम्भावित धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र पूर्वसूचना प्रणालीको विकासलाई प्राथमिकता दिनुपर्ने उहाँको जोड छ ।

यो दिवसमा जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थित रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।
रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

‘घरपरिवारले दिएको जानकारी अनुसार अहिलेसम्म  ताँजाकोट गाउँपालिका– २ का नकुल शर्मा, ताँजकोट ३ बदेलचौरका धनराज जैसी, खार्पुनाथ गाउँपालिका– १ को गोक्पाका जनक बुढा र उहाँकी श्रमिति अनिता रावत...
सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

हुम्लाको सिमकोट गाउँपालिकाको पालिकास्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको दुईदिने समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको हो । गोष्ठीमा सिमकोट...
भर्खरै