नेभिगेशन
सिमकोट

सिमकोटमा खानेपानीको समस्या

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा यतिबेला खानेपानीको समस्या भएको छ । सिमकोट गाउँपालिकाको पालिका केन्द्र रहेको सदरमुकाममा खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले समस्या भोग्नु परेको छ । सिमकोट तल्लो बजारमा धारामा पानी आउन छोडीपछि घण्टौ लाइन बसेर एक बाल्टी पानी थाप्नु पर्ने अवस्था आएको लक्ष कामीले बताउनुभयो । 

   कामीले भन्नुभयो, “तल्लो बजार क्षेत्रका अधिकांश धारामा पानी आउन छोडेको, पानी आएका एक दुई छिपुट धारामा पनि एक घण्टा बढी लाइन बस्नुपर्छ । विहान सात बजेदेखि दश बजेसम्म मात्रै पानी आउने हुँदा कहिले त खाना कपाउने पानी नै नपुग्ने उहाँले बताउनुभयो ।” खाना पकाउन लगायतका लागि समेत पानीको समस्या छ । व्यक्तिगत सरसफाइमा पनि समस्या, कपडा धुन नपाएको कामीको गुनासो छ । ” पानी नआएका तल्लो बजारमा बस्ने नागरीकलाई पानीको समस्या छ । एकातिर खानेपानीको व्यवस्था गर्न समस्या देखिएको छ भने अर्कोतिर खोलामा गएर कपडा धुनुपर्ने बाध्यता छ । एक बाल्टी पानी थाप्न दशदेखि पन्ध्र जना लाइनमा बस्नु पर्ने बाध्यता छ । 

   हिउँदको महिनामा पानीमा विहानको समय बरफ जम्नुका साथै बजार क्षेत्रका विभिन्न स्थानमा पानीका पाइप टुटफुट भएका कारण तल्लो बजारबासीले खानेपानीको समस्या झेल्दै आउनु परेको छ । खानेपानीका धारामा बरफ जमेर पानी समेत आउन नसकेको हो । 

  तल्लो बजारबासी अधिकांश महिला, पुरुष पिन्यारा, तीनधारामा पानी लिन जाने गरेका छन् । सिमकोट माथिल्लो बजारका अधिकांस नागरीकले पानी धारामा नआउँदा मुग्राधारामा गएर पानी ल्याउनु परेको बताउने गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

भर्खरै