नेभिगेशन
समाज

तीन हजार किशोरीलाई एचपिभी खोप

सिमकोट । हिमाली जिल्ला हुम्लामा तीन हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ । 

    १० देखि १४ वर्ष उमेर समूहका तीन हजार चार सय ४३ किशोरीलाई लक्षित गर्दै खोप अभियान सञ्चालन गरिँदैछ । विद्यालय जाने किशोरी र विद्यालय नजाने दुबै उक्त समुहका उक्त किशोरीमा यो खोप लगाइने भएको हो । स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर प्रतिक्षा भारतीका अनुसार, जिल्लाका सातवटा स्थानीय तहमा ९९ वटा खोप केन्द्रबाट उक्त खोप अभियान सञ्चालन हुने भएको बताउनुभयो । देशभर माघ २२ गतेदखि फागुन ६ गतेसम्म यो खोप अभियान सञ्चालन हुने भएपनि हुम्लामा भने फागुन १८ गतेदेखि केही ढिला गरी खोप अभियान सञ्चालन हुने भएको प्रमुख भारतीले बताउनुभयो । जिल्लामा चिसो मौसमका साथै दुर्गम जिल्लाको विभित समस्यालाई हेरी केही समय ढिला गरी यो खोप अभिययान सञ्चालन हुने भएको हो ।

    जिल्लाको ६ वटा स्थानीय तहमा फागुन २९ गतेसम्म यो खोप अभियान सञ्चालन हुने भएको छ । भने उत्तरी नाम्खा गाउँपालिकाको हिमाल पारीको गाउँ लिमी, यारी लगायतका गाउँ हिउँले बाटो बन्द हुने हुँदा फागुन महिनाको बिस गतेदेखि २०८२ सालको बैशाख सात गतेसम्म उक्त खोप अभियान सञ्चालन हुने भएको प्रमुख भारतीले बताउनुभयो । 

     जिल्लाको उत्तरी नाम्खा गाउँपालिबाको १७ खोप केन्द्रबाट तीन सय १९ किशोरी, सिमकोटमा बिस खोप केन्द्रबाट सात सय ५६, खार्पुनाथमा १५ खोप केन्द्रबाट तीन सय ६५, सर्केगाडमा १८ खोप केन्द्रबाट ६ सय ८६, चंखेलीमा सात खोपबाट तीन सय ३१, अदानचुलीमा दश खोप केन्द्रबाट ६ सय सात र ताँजकोटमा १२ खोप केन्द्रबाट तीन सय ७८ जना किरोशीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ । 

    विद्यालय जाने कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमै खोप दिइने र विद्यालय नजाने किशोरीलाई पनि उक्त खोप लगाइने तयारी गरिएको छ । खोप केन्द्रमा ९९ जना स्वास्थ्यकर्मी र एक सय ९८ जना स्वयंसेवक परिचालन गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लाका सबै स्थानीय तहहरूसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ । यो अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।