नेभिगेशन
समाज

दश हजार भेडाबाख्रालाई पीपीआर विरुद्धको खोप 

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले दश हजार बढी भेडाबाख्रालाई पीपीआर विरुद्धको खोप लगाएको छ । गाउँपालिका भित्र रहेका एकदेखि आठ वटा सबै वडामा पशु प्राविधिक पुगेर भेडाबाख्रालाई लाग्ने महामारी (पीपीआर) रोगविरुद्धको खोप लगाउने कार्य सम्पन्न भएको जनाइएको छ । पालिका भित्र रहेका दश हजार तीन सय, पचास भेडाबाख्रालाई पीपीआर विरुद्धको खोप लगाइएको गाउँपालिका पशु प्राविधिक विष्णु बुमीले बताउनुभयो । 
   पशु प्राविधिक बुमीका अनुसार, वडा–१ मा सात सय, वडा–२ मा ६ सय, वडा–३ मा एक सय, वडा–४ मा पाँच सय, वडा–५ मा एक सय पचास, वडा–६ मा तीन सय, वडा–७ मा तीन हजार आठ र वडा–८ स्याँडा गाउँमा चार हजार दुई भेडाबाख्रामा उक्त खोप लगाइएको बताउनुभयो । सिमकोट गाउँपालिकामा सोह्र बजार बढी भेडाबाख्रा भएपनि अधिंकास बाँकी यहाँका स्थानीयले पालनपोषणका लागि जिल्ला बाहिर लिएका कारण दश हजार भेडाबाख्रालाई मात्रै खोप लगाइएको उहाँले बताउनुभयो । 
   भेडाबाख्रालाई खोप लगाउनका लागि दुई जना प्राविधिकलाई एक हप्ता समय लाग्नुका साथै प्रत्येकका घरघरमा गएर खोप लगाएको बताइएको छ । हिमाली क्षेत्रमा पिपिआर रोग भेडाबाख्रामा बढी देखिने भएको कारण रोग नलाग्दै खोप लगाएर सम्भावित जोखिमबाट बचाउने काम भएको गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो । 
   भेडाबाख्रालाई खोप लगाउनका लागि कम्पाउन्डसहितको खोप केन्द्र नभएका कारण हाल खोप लगाउनका लागि समस्या भइरहेको बताइएको छ । खुला चौरमा खोप लगाउनुपर्दा भेडाबाख्रालाई नियन्त्रणमा राख्न समस्या भएको प्राविधिक बताउँछन् । यसले गर्दा किसान र प्राविधिकले समस्या भोग्दै आएका छन् । खोप केन्द्र नतोकिएका कारण प्राविधिक भ्याक्सिन बोकेर गोठ गोठ र भेडाबाख्रा राखिएको स्थानमा जानुपर्ने बाध्यता छ । 

afc43d76-162f-4c63-acc6-0a2465e78c4c-1742023881.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ १ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ । कम्पनीले चामल सहित विभिन्न खाद्य सामग्रीमा...
हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्लाको सदरमुकाम सिमकोट बजारमा हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले...
हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा  झिनीगीन्टी र बोर्ड भाइजर बरामद

हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा झिनीगीन्टी र बोर्ड भाइजर बरामद

जिल्ला प्रहरी कार्यालय हुम्लाले ठूलो परिणाममा अवैध चिनियाँ मदिरा बरामद गरेको छ । बिहिवार नाम्खा गाउँपालिका–२ को नावलथाङबाट ठूलो परिणामको अवैध चिनियाँ मदिरा बरामद गरि शुक्रबार पत्रकार सम्मेलन...
 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

सरसफाइका क्रममा बजार क्षेत्रका सडक तथा सार्वजनिक स्थानमा जम्मा भएका फोहोर संकलन गरी व्यवस्थापन गरिएको उक्त पार्टीका जिल्ला सभापति लक्ष्यमण ऐडिले जानकारी दिनुभयो ।
भर्खरै