नेभिगेशन
समाज

दश हजार भेडाबाख्रालाई पीपीआर विरुद्धको खोप 

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले दश हजार बढी भेडाबाख्रालाई पीपीआर विरुद्धको खोप लगाएको छ । गाउँपालिका भित्र रहेका एकदेखि आठ वटा सबै वडामा पशु प्राविधिक पुगेर भेडाबाख्रालाई लाग्ने महामारी (पीपीआर) रोगविरुद्धको खोप लगाउने कार्य सम्पन्न भएको जनाइएको छ । पालिका भित्र रहेका दश हजार तीन सय, पचास भेडाबाख्रालाई पीपीआर विरुद्धको खोप लगाइएको गाउँपालिका पशु प्राविधिक विष्णु बुमीले बताउनुभयो । 
   पशु प्राविधिक बुमीका अनुसार, वडा–१ मा सात सय, वडा–२ मा ६ सय, वडा–३ मा एक सय, वडा–४ मा पाँच सय, वडा–५ मा एक सय पचास, वडा–६ मा तीन सय, वडा–७ मा तीन हजार आठ र वडा–८ स्याँडा गाउँमा चार हजार दुई भेडाबाख्रामा उक्त खोप लगाइएको बताउनुभयो । सिमकोट गाउँपालिकामा सोह्र बजार बढी भेडाबाख्रा भएपनि अधिंकास बाँकी यहाँका स्थानीयले पालनपोषणका लागि जिल्ला बाहिर लिएका कारण दश हजार भेडाबाख्रालाई मात्रै खोप लगाइएको उहाँले बताउनुभयो । 
   भेडाबाख्रालाई खोप लगाउनका लागि दुई जना प्राविधिकलाई एक हप्ता समय लाग्नुका साथै प्रत्येकका घरघरमा गएर खोप लगाएको बताइएको छ । हिमाली क्षेत्रमा पिपिआर रोग भेडाबाख्रामा बढी देखिने भएको कारण रोग नलाग्दै खोप लगाएर सम्भावित जोखिमबाट बचाउने काम भएको गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो । 
   भेडाबाख्रालाई खोप लगाउनका लागि कम्पाउन्डसहितको खोप केन्द्र नभएका कारण हाल खोप लगाउनका लागि समस्या भइरहेको बताइएको छ । खुला चौरमा खोप लगाउनुपर्दा भेडाबाख्रालाई नियन्त्रणमा राख्न समस्या भएको प्राविधिक बताउँछन् । यसले गर्दा किसान र प्राविधिकले समस्या भोग्दै आएका छन् । खोप केन्द्र नतोकिएका कारण प्राविधिक भ्याक्सिन बोकेर गोठ गोठ र भेडाबाख्रा राखिएको स्थानमा जानुपर्ने बाध्यता छ । 

afc43d76-162f-4c63-acc6-0a2465e78c4c-1742023881.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।