नेभिगेशन
समाज

नातीसँग स्कुल पढ्दै ५६ वर्षिय हजुरबुवा

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–५ तल्लो गाउँ निवासी ५६ वर्षिय धनलाल कामी बुढेसकालको उमेरमा नातिसँग स्कुल पढ्न थालेका छन् । यतिबेला तीन वर्षको नाति रोशन कामीसँग ५६ वर्षिय हजुबुवा सँगै कक्षा तीनमा बण््दै आएका छन् । कामी उमेरले चार वर्षपछि वृद्धभत्ता खाने अवस्थामा पुग्दैछन् । तर सानो छदा पढ्न नपाएपनि अब आफु बाचु    न्जेल पढ्ने कामीले बताउनुभयो । बढी पढ्न नसकिएपनि एसइई दिदासम्म पढाइलाई निरन्तरता दिने उहाँको भनाई थियो । अहिले नातिसँग सदरमुकाम सिमकोटमै रहेको भिमसेन आधारभूत विद्यालयमा कक्षा एकमा पढ्दै आएको कामीले बताउनुभयो । 

कामीले भन्न्ुभयो, सानो छँदा भेडाबाख्राको गोठालो बुज्ने हुँदा घरको घरयासी काममै उमेर विताएको भएपनि हिजोआज भने नैनिकी फेरिएको छ । पहिला यतिकै बस्नु पथ्र्यो भने हिजोआज कापीकलम बोकेर नातीलाई डोर्याउँदै स्कुल पुग्ने गरेको कामीको भनाई थियो  । 

पढ्ने इच्छा भए उमेरले छेक्दैन भन्ने कुरालाई प्रमाणित गर्दै उहाँले अध्ययन गरिरहनुभएको छ । उनका तीन छोरीमध्ये दुई छोरी त्यही विद्यालयमा पढ्छन् । जेठीलाई भने बोडिङ स्कुलमा भर्ना गरेका
सामान्यतया प्राथमिक तह अध्ययन गर्ने उमेर १० वर्षसम्म हो । तर, उमेर छ दशक पुग्दा पनि स्कुलमै गएर प्राथमिक तह पूरा गर्ने उहाँको यो अठोटलाई भिमसेन आधारभूत विद्यालयका प्रधानध्यापक काली बहादुर शाहीले स्यावासी दिएका छन् । 

पहिला आफ्ना आमाबुवाले सानो हुँदा पठनपाठनमा ध्यान त्यति नदिएको र त्यो समय बालबालिकालाई पठनपाठनमा चासो नदिने र गाइगोठालो पठाउने चलन रहेको थियो । अहिले ५६ वर्षसम्म आइपुग्दा हलो जुवा किसानी खेती किसानी काम गर्दै आएका कामीको भनाइ थिो । कक्षा दशसम्म पढ्न पाए निकै सहज हुने र सामान्य साक्षर भएपनि धेरै राहत मिल्ने उहाँले बताउनुभयो । शारिरीक हिसावले अहिले आफु अपांग भएको र घरमा आफ्नो केही काम नभएका कारण पनि नातीसँग स्कुलमा पढ्न सुरु गरेको कामीको भनाई थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।
रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

‘घरपरिवारले दिएको जानकारी अनुसार अहिलेसम्म  ताँजाकोट गाउँपालिका– २ का नकुल शर्मा, ताँजकोट ३ बदेलचौरका धनराज जैसी, खार्पुनाथ गाउँपालिका– १ को गोक्पाका जनक बुढा र उहाँकी श्रमिति अनिता रावत...
सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

हुम्लाको सिमकोट गाउँपालिकाको पालिकास्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको दुईदिने समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको हो । गोष्ठीमा सिमकोट...
साउने पूर्णिमाको अवसरमा सिमकोट बजार सरसफाइ अभियान सञ्चालन

साउने पूर्णिमाको अवसरमा सिमकोट बजार सरसफाइ अभियान सञ्चालन

 सिमकोट गाउँपालिकाको आयोजनामा साउने पूर्णिमाको अवसर पारेर हुम्लाको सदरमुकाम सिमकोट बजार सहित तल्लो गाउँ र माथिल्लो गाउँमा शनिबार बिहान सरसफाइ अभियान सञ्चालन गरिएको छ । सिमकोटलाई स्वच्छ, सफा...
भर्खरै