नेभिगेशन
समाज

पुर्ण खोप शुनिस्चितता पालिका घोषणाका लागि  अनुगमन 

सिमकोट । सिमकोट गाउँपालिका स्वास्थ्य शाखा हुम्लाले वडा नम्बर आठ र सात मा रहेका विभिन्न बस्तिहरुमा खोप भेरिफिकेसन सुपरिवेक्षण गरेको छ । पूर्ण खोप सुनिश्चितता पालिका घोषणाका लागि स्वास्थ्य शाखा सिमकोटद्धारा अनुगमन गरिएको छ । हरेक वर्ष पालिकालाई यस पुर्ण खोप युक्त पालिका घोषणा गर्नु पर्ने प्राव्धान अनुसार वडामा रहेका स्वास्थ्य संस्थाहरुको खोप गतिबिधिको अनुगमन गरिएको हो । 
गाउँपलिक भित्रका बालबालिका छुटेको अमुनगर्दै अनुगमन गरिएको हो । शाखाले दुई वटा वडामा रहेका खोप केन्द्रहरुमा  १५ देखि ५९ महिनाका बालबालिकाहरुले पूर्ण रुपमा खोपको मात्रा पूरा भए नभएको बिवरण संकलन गरिएको भएपनि त्यसलाई प्रमाणित गर्नका लागि सरोकारवाला पक्षबाट अनुगमन गरिएको शाखा प्रमुख नरबहादुर भण्डारीले बतााए ।

शुक्रबार पालिकाको वडा नम्बर ७ को चौगानफया र डाँडाफया सहित वडा नम्वर ८ को खोल्सि, स्याँडा र साता स्वास्थ्य चौकीहरुमा अनुगमन गरिएको हो । सरोकारवाला पक्षबाट गरिएको अनुगमनमा सत प्रतिशत सोही उमेर समुहका बालबालिकाले पुर्ण खोप पाएको अनुगमनबाट देखिएको छ । पछिल्लो समय नागरिककहरुमा सचेतना बढेसंँगै सबै नागरीकका बालबालिकाहरुले पाउनु पर्ने नियमित खोप कार्यक्रम अन्त्रगतयुक्त् देखिएको अनुगमनले देखाएको छ ।492812576_3331515246990353_2849330420284405188_n-1745592497.jpg
 

सोही खोप लगाउन सकृय रुपमा खटिईने स्वास्थकर्मी, सामूदायिक महिला स्वयंसेविका साथै अन्य सरोकारवाला निकायहरु प्रति आभार व्यक्त गर्दै शाखाका प्रमुख न भण्डारीले  आगामी दिनहरुमा पनि यसरी नै लागि रहन अनुरोध गरे । पालिकामा भएका बालबालिकाहरुले नियमित खोप पुर्ण रुपमा पाएको देखिदा आफु मात्रै खुसी नभई पालिकाका सोही उमेर समुहका बालबालिका सुरक्षित रहेको उनले बताए ।  सोही अनुगमनमा स्वास्थ्य शाखाका प्रमुख  भण्डारी ,नेपाल प्रत्रकार माहासंघ जिल्ला शाखा हुम्लाका अध्यक्ष राजन रावत, स्वास्थ्यकर्मी र, संञ्चारकर्मी लगायतको सहभगितामा अनुगमन गरिएको हो । 

p_bDHTJj-1745592634.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
सिमकोटमा ट्याक्टर पल्टिदा चालक घाईते

सिमकोटमा ट्याक्टर पल्टिदा चालक घाईते

मङ्गबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा सिमकोट गाउँपालिका–४ निवासी २२ वर्षीया तारा सुनार गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंखर पोखरेलले बताउनुभयो ।
सार्वजनिक विदामा पनि सिमकोटका २१ सामुदायिक विद्यालयमा पठनपाठन

सार्वजनिक विदामा पनि सिमकोटका २१ सामुदायिक विद्यालयमा पठनपाठन

सिमकोटका २१ वटा सामुदायिक विद्यालयमा पठनपाठन
दुर्गम गाउँमा पुगेर राष्ट्रिय परिचयपत्र संकलन कार्य सुरु

दुर्गम गाउँमा पुगेर राष्ट्रिय परिचयपत्र संकलन कार्य सुरु

जनताको घर दैलोमै पुगेर सेवा दिने मनसायले उक्त टोली घर–आँगनमै पुगेर राष्ट्रिय परिचय–पत्र वितरण
रेडक्रस दिवसमा आगलागी र बाढी पिडीतलाई राहत सहयोग

रेडक्रस दिवसमा आगलागी र बाढी पिडीतलाई राहत सहयोग

हरेक वर्ष मे ८ मा विश्व रेडक्रस दिवस मनाउँदै आउने गरिन्छ