नेभिगेशन
समाज

पुर्ण खोप शुनिस्चितता पालिका घोषणाका लागि  अनुगमन 

सिमकोट । सिमकोट गाउँपालिका स्वास्थ्य शाखा हुम्लाले वडा नम्बर आठ र सात मा रहेका विभिन्न बस्तिहरुमा खोप भेरिफिकेसन सुपरिवेक्षण गरेको छ । पूर्ण खोप सुनिश्चितता पालिका घोषणाका लागि स्वास्थ्य शाखा सिमकोटद्धारा अनुगमन गरिएको छ । हरेक वर्ष पालिकालाई यस पुर्ण खोप युक्त पालिका घोषणा गर्नु पर्ने प्राव्धान अनुसार वडामा रहेका स्वास्थ्य संस्थाहरुको खोप गतिबिधिको अनुगमन गरिएको हो । 
गाउँपलिक भित्रका बालबालिका छुटेको अमुनगर्दै अनुगमन गरिएको हो । शाखाले दुई वटा वडामा रहेका खोप केन्द्रहरुमा  १५ देखि ५९ महिनाका बालबालिकाहरुले पूर्ण रुपमा खोपको मात्रा पूरा भए नभएको बिवरण संकलन गरिएको भएपनि त्यसलाई प्रमाणित गर्नका लागि सरोकारवाला पक्षबाट अनुगमन गरिएको शाखा प्रमुख नरबहादुर भण्डारीले बतााए ।

शुक्रबार पालिकाको वडा नम्बर ७ को चौगानफया र डाँडाफया सहित वडा नम्वर ८ को खोल्सि, स्याँडा र साता स्वास्थ्य चौकीहरुमा अनुगमन गरिएको हो । सरोकारवाला पक्षबाट गरिएको अनुगमनमा सत प्रतिशत सोही उमेर समुहका बालबालिकाले पुर्ण खोप पाएको अनुगमनबाट देखिएको छ । पछिल्लो समय नागरिककहरुमा सचेतना बढेसंँगै सबै नागरीकका बालबालिकाहरुले पाउनु पर्ने नियमित खोप कार्यक्रम अन्त्रगतयुक्त् देखिएको अनुगमनले देखाएको छ ।492812576_3331515246990353_2849330420284405188_n-1745592497.jpg
 

सोही खोप लगाउन सकृय रुपमा खटिईने स्वास्थकर्मी, सामूदायिक महिला स्वयंसेविका साथै अन्य सरोकारवाला निकायहरु प्रति आभार व्यक्त गर्दै शाखाका प्रमुख न भण्डारीले  आगामी दिनहरुमा पनि यसरी नै लागि रहन अनुरोध गरे । पालिकामा भएका बालबालिकाहरुले नियमित खोप पुर्ण रुपमा पाएको देखिदा आफु मात्रै खुसी नभई पालिकाका सोही उमेर समुहका बालबालिका सुरक्षित रहेको उनले बताए ।  सोही अनुगमनमा स्वास्थ्य शाखाका प्रमुख  भण्डारी ,नेपाल प्रत्रकार माहासंघ जिल्ला शाखा हुम्लाका अध्यक्ष राजन रावत, स्वास्थ्यकर्मी र, संञ्चारकर्मी लगायतको सहभगितामा अनुगमन गरिएको हो । 

p_bDHTJj-1745592634.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।