नेभिगेशन
सिमकोट

प्रतिक्षालय बन्दै फोहोर फाल्ने डंपिङ्, डुङडुङती गन्हाउँदै बस्न बाध्य


जिल्लाको मुटु मानिने सिमकोट बजार दुर्गन्धित बनेको छ । माथिललो बजार एर्पोट चोक नजिक रहेको लोकतन्त्र चोकमा बनाइएको प्रतिक्षालयमा फोहोर दिनप्रतिदिन थुपारिदैछ । विहानै देखि भिडभाड हुने लोकतन्त्र चोकमा अहिले बन्दाबन्दीका कारण फोहोरको थुप्प्रो लाग्ने गरेको छ । एका तिर प्रतिक्षालय बनेको छ भने अर्को तिर त्यस आसपास क्षेत्रमा बस्दै आएका नागरीकले दैनिक दिन घर, तथा पसल, होटेलहरुको फोहोर थुपार्ने गरेका छन् ।

सबैको आवतजावत गर्ने मुख्य बाटो क्षेत्रमा प्रतिक्षालय भएकाले हरेक नागरिकको आँखा त्यहि जान्छ । उल्टै चोकले हिड्ने बटुवालाई गिज्याएको जस्तो भान हुन्छ । उक्तचोकमा थुपारिएको फोहोर डुङडुङती गनाउछ भने अर्को तिर अब्यबस्थित ढल, चोकमा जाने जो कोहीले लज्जास्पद महसुस हुने गरेको छ ।

सदरमुकाम सिमकोटको मुटु नै हरेक नागरिकलाई गिज्याई रहँदा स्थानिय सरोकारवाला निकाय भने मौन बसिरहेको स्थानिय नागरिकहरुले बताउने गरेका छन् । यो चोकमा लामो समय देखि फोहोर थुप्रिदै आएको छ ।

यसलाई ब्यबस्थित बनाउन नसक्दा प्रतिक्षालय दुर्गन्धित बन्दै गएको छ । सिमकोट गाउँपालिका, सरकारी तथा गैरसरकारी कार्यालयहरुको भिविन्न कार्यक्रमहरु समेत केहीले काही उकत चोकमा हुने गर्दछ ।

सिमकोट गाउँपालिकामा कर्मचारी भन्दा कार्यालय सहयोगीको संख्या बढी छ । तर कार्यालय सहयोगि धेरै भएपनि बजार क्षेत्र फोहोरै फोहर छ । बजार क्षेत्रको फोहोर समयमै व्यवस्थापन हुनुपर्ने स्थानीयको माग छ । सिमकोट बजार क्षेत्रका मुख्य चोक र बजार क्षेत्रमा फोहोर व्यवस्थापन नगरेपछि दैनिक बजारका चोकहरुमा फोहोर थुप्रिने गरेको छ ।

सिमकोट गाउँपालिकाले वर्षेनी गाउँसभामा सिमकोट बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागी भनेर रकम समेत छुटाउने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
भर्खरै