नेभिगेशन
समाज

   १६ वर्षिय गर्भवति भण्डारीको  हेलिकोप्टरमार्फत उद्धार 

सिमकोट । सुत्केरी व्यथा लागेकी हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी १६ वर्षिय किशोरीको मंगलबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी हुन डेढ महिना बाँकीको समय हुँदै गरेकी गर्भवती पुष्पा बोहरा भण्डारीको आज विहान सदरमुकाम सिमकोटबाट जिल्ला बाहिर उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर प्रतिक्षा भारतीले बताउनुभयो । आइतबारबाट एक्काी उच्च रक्तचाप भएपछि जिल्लामा उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल सुर्खेतमा रिफर गरिएको प्रमुख भारतीले बताउनुभयो । 
प्रसव व्यथा लागेकि भण्डारीको जिल्ला अस्पतालमा चेकजाँच गर्दा उच्च रक्तस्राव मात्रै नभएर पेटमा रहेको बच्चा ठाडो हुनु पर्नेमा तेस्रो भएको र बच्चाको टाउको अगाडी हुनु पर्नेमा साल अगाडी भएकाले जिल्लामा उपकरण, औजार लगायत दक्ष जनशक्ति अभावले जिल्ला बाहिर सुर्तेख उद्धार गरिएको हो । भण्डारीलाई अप्रेशन गर्नु पर्ने अवस्था आएको हुनाले सुविधा सम्पन्न अस्पताल सुर्खेतमा पठाइएको हो । 
भण्डारीको उद्धारमा जिल्ला अस्पताल हुम्लाको सिफारिसमा सिमकोट गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उत्थान कोष कार्यक्रमबाट उद्धार भएको हो । हेलिकोप्टरमा उद्धार गरी सुर्खेत पुर्याए लगत्तै उहाँको प्रदेश अस्पतालमा उपचार भईरहेको छ । जनशक्ति र उपकरणको व्यवस्था नहुदा हुम्लाका सुत्केरी व्यथा लागेकी गर्भवती महिलाहरुका लागि यो कार्यक्रम वरदान सावित हुँदै आएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।