नेभिगेशन
समाज

हुम्लाको सिमकोट गाँउपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा

सिमकोट ।   सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता पालिका घोषणा गरिएको छ । पालिकाकामा भएका ०–५९ महिना सम्मका सबै बालबालिकाले पुर्ण खोप पाएपछि पुर्ण खोप शुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख नर बहादुर भण्डारीले बताउनु भएको छ । पछिल्लो समयमा बालबालिकाका आमाहरुमा खोप लगाउनु पर्ने भन्ने चेतना बढेसँगै सत प्रतिशत बालबालिकाले खोप पाएको बताउनु भएको छ । यस अघिका आमाहरु असिक्षित भएका कारण गाउँ घरको स्थानिय परम्परालाई मात्र बढी जोड दिँदै नियमित खोप भन्दा कामलाई ध्यान दिने गरेको भएपनि पछिल्लो समयका आमाहरुले आफुसँगै बालबालिकाको स्वास्थ्यको ध्यान दिने गरेकाले समेत पुर्ण खोप युक्त पालिका घोषणा गर्न सहज भएको बताउनु भएको छ । गाउँपालिका भित्र रहेका आठ वटै वडा पूर्ण खोप सुनिश्चित भएपछि शनिबार एक कार्यक्रमका विच पालिका पूर्ण खो सुनिश्चित घोषित गरिएको स्वास्थ्य शाखाका प्रमुख नर बहादुर भण्डारीले बताउनुभयो । 

fhYWcKXZ-1746282997.jpg

पालिकामा रहेका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र पुर्ण खोप दिगोपना सुनिश्चित घोषित गर्ने कार्यक्रमले अव आगामी दिनमा यसलाई निरन्तरता दिनु पर्ने आबश्यता बक्ताहरुले औल्याएका थिए । 
स्वास्थ्य शाखाले उपलब्ध गराएको बिबरण अनुसार घरधुरी सर्वेक्षणको क्रममा पुर्ण खोप पाएका १५ देखि ५९ महिनाका बालबालिकाहरु आठ वटै वडामा ५५५ जना रहेका छन । जसमा दोजाम आधारभुत स्वास्थ्य केन्द्रमा १९ उक्त उमेर समुहका बालबालिका रहेका छन् । त्यसैगरि ठेहे स्वास्थ्य चौकीमा ७४ जना, बरगाउँ स्वास्थ्य चौकीमा आठ जना, वुराउसे आधारभुत स्वास्थ्य केन्द्रमा दश जना, जिल्ला अस्पतालमा ७३ जना, माथिल्लो गाउँ आधारभुत स्वास्थ्य केन्द्रमा २४ जना, डाडाफया स्वास्थ्य चौकीमा १५४ जना, स्याडा स्वास्थ्य चौकीमा २०४ जना बालबालिका रहेका बताउनु भयो 
। 
जिल्ला सदरमुकाम सिमकोटमा रहेको जिल्ला समन्वय समितिको हलमा गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा तथा जिल्ला समन्वय समितिका संयोजक शिबराज शर्माको प्रमुख आतिथ्यमा घोषणा गरीएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, लगायत कार्यलय प्रमुखहरु, स्वास्थ्यक्रमीहरु तथा सञ्चारक्रमी लगायतका उपस्थिीती रहेको बताउनु भएको छ ।

9QJfn7fR-1746282987.jpg

सोही कार्यक्रमको अवसरमा खोप कार्यक्रमलाई सहयोग गर्ने ४ जना सञ्चारक्रमीहरुमा पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावत, रेडियो कैलाशका जनक शाही, अन्नपुर्णक्रमी नरजंग तामाङ र रेडियो कर्णाली आवाजका ऐटन रावललाई कदर पत्रले सम्मान गरीएको छ । साथै ८ वटै वडामा कार्यरत स्वस्थ्यक्रमीलाई पनि सम्मान गरीएको छ । 
त्यसैगरि कार्यक्रममा बिधार्थी र गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले नृत्य र महिला स्वास्थ्य स्वयम सेविकाले देउडा गाएकी थिईन । जिल्लामा सिमकोट गाउँपालिका दोस्रो घोषणा भएको हो । यसअघि चङ्खेली गाउँपालिका पहिलो घोषणा भई सकेको थियो । 

IaSD70XR-1746282990.jpg

S1s6yiyH-1746282988.jpg

c1zmtPRk-1746282991.jpg

3XZblaII-1746282993.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।