नेभिगेशन
खार्पुनाथ

लाश जलाउने क्रममा आगोले पोलेर दुई युवाको अनुहारमा क्षेती

कर्णाली नदीको किनारमा लाश जलाउने क्रममा आगोको लप्काले दुई जना युवाका अनुहार र छातीमा आगो भेटाएपछि गम्भीर घाईते भएका छन् ।
लाश जलाउने दाउरा सल्काउनका लागर मट्टीतेल खन्याउने क्रममा आगोको लप्काले अनुहार र छातीमा भेटाए पछि दुई जना युवा घाइते भएका हुन् ।

खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ को बाम्टाका १७ बर्षका युवा धर्म सुनारको लाश जलाउने क्रममा मट्टिेल सहितको आगोको लप्काले अनुहार जलाएर गम्भीर घाईते बनाएको पिडितका दाई कृष्ण सुनारले बताए ।

सोही गाउँका अर्का युवा बसन्त सुनारको पनि छातीमा आगोको लप्काले छोएपछि जलेको छ । लाश जलाउने तयारी गरी रहेको बेला आगो बाल्नका लागी दाउरामा मट्टीतेल खन्याउने क्रममा एक्कासी आगोको लप्काले अनुहार र छातीमा भेटाएको उनका दाईले बताए ।

दुबै जनालाई आगोले छोएपछि अरु मलामी गएर अनुहार तथा शरिरमा लागेको आगो निभाएका हुन् । उनीहरुको अबस्था निक्कै गम्भीर रहेको सुनारले जानकारी दिए ।

आगोले पोलेका दुबै जना युवाको अहिले खार्पुनाथ गाउँपालिका केन्द्र सामुदायीक अस्पतालमा निशुल्क रुपमा उपचार भै रहेको छ । अबस्था जटिल भएको भएपनि गाउँपालिका कै अस्पतालमा उपचार भै रहेको स्वास्थ्यकर्मीले जनाएका छन् ।

एक दुई दिन उपचारको अबस्था हरेर अगाडीको उपचार तय गर्ने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...
खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर–५ याङचुस्थित जोगराज आधारभूत विद्यालयको दुई कोठे नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । खार्पुनाथ गाउँपालिकाको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण गरिएको...
भर्खरै