नेभिगेशन
समाज

खडिखेतमा रहेको काठको पुल बगाउदा रिपबासी तुईन तर्न बाध्य

    
हुम्लाको सर्केगाड गाउँपालिका–२ रीप गाउँका स्थानीयले जोखिम मोलेर तर्दै आएको खडिखेतको कर्णाली नदीको काठेपुल हिजो दिउँसो बगाएको छ । काठको कच्ची झोलुङ्ग साँघु केही दिनयता देखि परेको अविरल वर्षाले कर्णालीमा पानीको वहाव बढेपछि मंगलबार बगाएर लिएको स्थानीय डिल बहादुर महताराले बताउनुभयो । मंगलबार दिउँसो काठको साँघु बगगाएर लिएपछि रीपबासिलाई पालिका केन्द्र, सदरमुकाम सिमकोट र जिल्लाबाहिर जान अव थप समस्या बनाएको स्थानीय महताराको भनाई छ ।
आफुहरुले वारपार मात्रै नभएर गाउँमा हुने विभिन्न विकास निर्माणका सामग्री सिमेन्ट, सरीया, ग्यास सिलिण्डर, दैनिक उपभोग्यवस्तु लगायत सामाग्री ओसारपसारमा पनि समस्या भएको छ । 
खडिखेतमा रहेको साँघु वर्षायाम हुँदा पानी पर्नुका साथै नदीको वहाव बढेपछि बगाएर लिने गरेको छ । भने दिउँदयाममा पानीको वहाव घटेपछि यहाँका स्थानीयले पुन अस्थायी साँघु निर्माण गरेर कर्णाली नदी वारपार गर्दै आएका छन् । यस क्षेत्रमा वर्षायाम सुरु भएर साँघु बगाएपछि यहाँका स्थानीयले लामो दुरीको यात्रा गर्दै आउनु परेको छ । पालिका केन्द्रसँग जोड्नका लागि कर्णाली नदीमा झोलुङ्ग पुलको आवश्यक रहेको स्थानीयको भनाई छ । 
अहिले वर्षायाममा पशुवस्तुपनि अब वारपार गर्न नमिल्ने भएको छ । काठको साँघु बगाएपछि घण्टौ लगाएर पालिका केन्द्र र सडकको पहुँचमा पुग्नु पर्ने अवस्था रहेको छ । स्थानीय महताराले भन्नुभयो, हामीले वारी गाउँबाट पारी कर्णाली कोरिडोर भएर ओहरदोहर गरिरहेका सवारीसाधनलाई हेरिरहेका छौं । तर के गर्नु हाम्रो विचमा कर्णाली नदी बाधक बनेको छ । नदी तरेर सहजै सडकमा जोडिन पक्की पुल नभएको रीपबासीको गुनासो छ । 
काठको साँघु बगाएपछि यहाँका स्थानीयले जोखिम मोलेर तुइन तरेर वारपार गर्नु परेको गर्नु परेको गुनासो छ । खडिखेतमा झोलुङ्ग पुलको आवस्यक रहेको छ । साँघु बगाएपछि अब कर्णाली नदी वारपार गर्न तुइनको साहरा लिनुपर्ने भएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन