नेभिगेशन
समाज

खडिखेतमा रहेको काठको पुल बगाउदा रिपबासी तुईन तर्न बाध्य

    
हुम्लाको सर्केगाड गाउँपालिका–२ रीप गाउँका स्थानीयले जोखिम मोलेर तर्दै आएको खडिखेतको कर्णाली नदीको काठेपुल हिजो दिउँसो बगाएको छ । काठको कच्ची झोलुङ्ग साँघु केही दिनयता देखि परेको अविरल वर्षाले कर्णालीमा पानीको वहाव बढेपछि मंगलबार बगाएर लिएको स्थानीय डिल बहादुर महताराले बताउनुभयो । मंगलबार दिउँसो काठको साँघु बगगाएर लिएपछि रीपबासिलाई पालिका केन्द्र, सदरमुकाम सिमकोट र जिल्लाबाहिर जान अव थप समस्या बनाएको स्थानीय महताराको भनाई छ ।
आफुहरुले वारपार मात्रै नभएर गाउँमा हुने विभिन्न विकास निर्माणका सामग्री सिमेन्ट, सरीया, ग्यास सिलिण्डर, दैनिक उपभोग्यवस्तु लगायत सामाग्री ओसारपसारमा पनि समस्या भएको छ । 
खडिखेतमा रहेको साँघु वर्षायाम हुँदा पानी पर्नुका साथै नदीको वहाव बढेपछि बगाएर लिने गरेको छ । भने दिउँदयाममा पानीको वहाव घटेपछि यहाँका स्थानीयले पुन अस्थायी साँघु निर्माण गरेर कर्णाली नदी वारपार गर्दै आएका छन् । यस क्षेत्रमा वर्षायाम सुरु भएर साँघु बगाएपछि यहाँका स्थानीयले लामो दुरीको यात्रा गर्दै आउनु परेको छ । पालिका केन्द्रसँग जोड्नका लागि कर्णाली नदीमा झोलुङ्ग पुलको आवश्यक रहेको स्थानीयको भनाई छ । 
अहिले वर्षायाममा पशुवस्तुपनि अब वारपार गर्न नमिल्ने भएको छ । काठको साँघु बगाएपछि घण्टौ लगाएर पालिका केन्द्र र सडकको पहुँचमा पुग्नु पर्ने अवस्था रहेको छ । स्थानीय महताराले भन्नुभयो, हामीले वारी गाउँबाट पारी कर्णाली कोरिडोर भएर ओहरदोहर गरिरहेका सवारीसाधनलाई हेरिरहेका छौं । तर के गर्नु हाम्रो विचमा कर्णाली नदी बाधक बनेको छ । नदी तरेर सहजै सडकमा जोडिन पक्की पुल नभएको रीपबासीको गुनासो छ । 
काठको साँघु बगाएपछि यहाँका स्थानीयले जोखिम मोलेर तुइन तरेर वारपार गर्नु परेको गर्नु परेको गुनासो छ । खडिखेतमा झोलुङ्ग पुलको आवस्यक रहेको छ । साँघु बगाएपछि अब कर्णाली नदी वारपार गर्न तुइनको साहरा लिनुपर्ने भएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।