नेभिगेशन
खार्पुनाथ

आरडिटी पोजेटिभ, क्वारेन्टाइनस्थल शिल

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा ४ को क्वारेन्टाइनमा बस्दै आएका एक जना युवाको आरडिटी परिक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

रेन्टाइन अबधि पुग्न लागेको बेला आरडिटी किटबाट कोरोना संक्रमण परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ का १७ वर्षका युवामा दुई पटक कोरोना संक्रमण परिक्षण रिपोर्ट पोजेटिभ आएको गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले बताए ।

आरडिटी परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आउदा वडा नम्बर ४ को सिता माबिको क्वारेन्टाइन क्षेत्रलाई शिल गरिएको अध्यक्ष रावलले बताए । ती युवा १२ दिन अगाडी काठमाडौं देखि नेपालगंज, सुर्खेत, मुगु हुदै पैदल भएर गाउँ पुगेका हुन् ।

रिपोर्ट पोजेटिभ आएपछि जिल्ला अस्पतालबाट चिकित्सक र स्वास्थ्यकर्मीको टोली भिटिएम किट लिएर त्यसतर्फ लागेको छ । टोलीले रिपोर्ट पोजेटिभ आएका १७ वर्षका युवा सहित सहित ३२ जनाकै स्वाब संकलन गरी लिएको अध्यक्ष रावलले जानकारी दिए । वडा नम्बर ४ को छिप्रा गाउँमा त्रास बढेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

वडा अध्यक्ष जयबहादुर शाहीका अनुसार लालि गाउँका रामचन्द्र रावलका अन्दाजी १४ वर्षको छोरा प्रशान्त रावल र बिर्ख शाहीकी अन्दाजी १३ वर्षकी छोरी अनु शाही बेपत्ता भएका हुन् ।
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...