नेभिगेशन
खार्पुनाथ

आरडिटी पोजेटिभ, क्वारेन्टाइनस्थल शिल

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा ४ को क्वारेन्टाइनमा बस्दै आएका एक जना युवाको आरडिटी परिक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

रेन्टाइन अबधि पुग्न लागेको बेला आरडिटी किटबाट कोरोना संक्रमण परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ का १७ वर्षका युवामा दुई पटक कोरोना संक्रमण परिक्षण रिपोर्ट पोजेटिभ आएको गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले बताए ।

आरडिटी परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आउदा वडा नम्बर ४ को सिता माबिको क्वारेन्टाइन क्षेत्रलाई शिल गरिएको अध्यक्ष रावलले बताए । ती युवा १२ दिन अगाडी काठमाडौं देखि नेपालगंज, सुर्खेत, मुगु हुदै पैदल भएर गाउँ पुगेका हुन् ।

रिपोर्ट पोजेटिभ आएपछि जिल्ला अस्पतालबाट चिकित्सक र स्वास्थ्यकर्मीको टोली भिटिएम किट लिएर त्यसतर्फ लागेको छ । टोलीले रिपोर्ट पोजेटिभ आएका १७ वर्षका युवा सहित सहित ३२ जनाकै स्वाब संकलन गरी लिएको अध्यक्ष रावलले जानकारी दिए । वडा नम्बर ४ को छिप्रा गाउँमा त्रास बढेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
हिल्सा नौधारा आधारभुत विद्यालयको ताला ५ दिनपछि खुल्यो

हिल्सा नौधारा आधारभुत विद्यालयको ताला ५ दिनपछि खुल्यो

विद्यार्थीको दिवा खाजाको रकम र छात्रवृतिको रकम विद्यालयका प्रध्यानध्यापक र भुतपुर्व विद्यालय व्यवस्थापनका अध्यक्षको मिलोमतोमा हिनामिना गरेको आरोपसहित विद्यालयमा तालाबन्दी गरिएको थियो । 
खार्पुनाथ गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थाको अनुगमन

खार्पुनाथ गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थाको अनुगमन

खार्पुनाथ गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ । खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाभित्र रहेका पाँच वटै वडाका स्वास्थ्य संस्थाहरूको अनुगमन आईतबारबाट सुरु भएको हो ।
हुम्लामा मनाइयो माघी पर्व

हुम्लामा मनाइयो माघी पर्व