नेभिगेशन
सिमकोट

थाया गाउँमा अज्ञात रोगले मर्न थाले मौरी

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ थाया गाउँमा अज्ञात रोगका कारण मौरी मर्न थालेका छन् । लामो समयदेखि मौरीपालन व्यवसाय गर्दै आएका कृषकको अज्ञात रोगका कारण मौरी मर्न थालेको भन्दै किसान चिन्तित बनेका छन् । वडा–७ थाया गाउँमा एक हप्ता अघिदेखि मौरी मर्न थालेको रोग देखा परेको थियो । यहाँका किसानले घरमौरीमा व्यवसाय गर्दै आएका चारवटा घारका मौरी मर्न थालेपछि व्यवसायमा रहने भएको स्थानीय भैरे सिंहले बताउनुभयो । 

   मौरीले यतिबेला वनबाट फुल ल्याएर मह उत्पादन गर्ने समय भएपनि के कति कारणले मरे भन्नेबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको अर्का किसान विर बहादुर सिंहले बताउनुभयो । आफ्नो तीनवटा घारका र अर्का मौरी पालक किसान भैरे सिंहको एक वटा घारका मौरी घारमै मरेको बताउनुभयो ।

   पहिचान नभएको रोगका कारण मौरीहरू धमाधम मर्न थालेपछि यहाँका किसान यतिबेला चिन्तित बनेका छन् । गाउँमा मौरी घार भित्रै र बाहिर मर्नुमा देखिएको रोगको समस्या पत्ता लगाउनुका साथै समाधानको उपाय खोजि गर्न सरोकारवाला निकायसँग आग्रह समेत गरेका छन् । 

   मह उत्पादनको समयमा मौरी घारमै मर्न थालेपछि मह उत्पादन घट्नुका साथै व्यवसाय समेत धराप हुने भन्दै यहाँका किसान निरासामा रहेका छन् । मौरीहरूको मृत्युका कारण थायाका किसानहरू मर्कामा परेका छन् । थायामा मात्रै नभएर यो समस्या जिल्लाभरका मौरी पालन व्यवसाय गर्दै आएका किसानमा समेत देखिन भन्दै रोगको पत्ता लगाउन सम्बन्धित सरोकारवाला निकायसँग उनीहरुले आग्रह समेत गरेका छन् । 

    मौरी जोगाउन र मौरीपालक किसानको हौसला बढाउन तीनै तहका सरकारले चासो दिनुपर्ने आवश्यक रहेको छ । मौरी व्यवसाय घट्दै जानु, जंगलमा डढेलो फैलिनु, गुणस्तरीय रानी उत्पादन नहुनु, विषादीको प्रयोग बढ्नु र समयानुकूल घारमा सुधार नहुनुले यस्ता समस्या देखिएको हुन सक्ने पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख नवीन पौडेलले बताउनुभयो । एक हप्ता अगाडी थाया गाउँमा मौरीमा अज्ञात रोग देखिएको यहाँका किसानले आफ्नो कार्यालयलाई जानकारी गराएको प्रमुख पौडेललेका भनाई थियो । आफुसँग जानकारी आउन साथ यस रोगको पत्ता लगाउन गाउँमा कर्मचारी खटिएर वर्खायाममा विभिन्न किसिमका घाँसबाट मौरीमो रोग देखिएको उहाँको भनाई थियो । अझै रोग पत्ता लागि नसकेको हुनाले रोग पत्ता लगाउन यस सम्बन्धि जानकारी कर्मचारी टोली खटाउने बताउनुभयो । 

    हुम्लामा एक माना महको रु बाह्र सय रुपैयाँ पर्दै आएको छ । यहाँका अधिकांस किसानले मौरी व्यवसाय गर्दै आएर आफ्नो घरपरिवारको खर्च धान्दै आएका छन् । तर मौरीमा लागेको रोग कुन हो भन्ने अझै जानकार हुन नसकेको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्