नेभिगेशन
राजनीति

नेकपा एमालेको सातौ पुर्ण बैठक सम्पन्न, १५ जना एमालेमा प्रवेश

नेकपा एमाले हुम्लाको सातौ  पुर्ण बैठक सम्पन्न सम्पन्न भएको छ । सोमबार बिहान पाटी कार्यालयमा बसेको बैठक सम्पन्न भएको छ । नेकपा एमाले हुम्लाका अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा र नेकपा एमाले पाटीका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सरकारका पुर्व सामाजिक विकास मन्त्री दल रावलको प्रमुख आथित्यमा  एमालेको पाटी कार्यालयमा उक्त बैठक बसेको थियो । आज बसेको बैठकले काठमाण्डौमा हुने विधान महाधिवशसन मस्यौदा माथी छलफल गरिएको नेकपा एमाले पाटी हुम्लाका सचिव तिर्थराज बोहराले जानकारी दिनु भएको छ । हुम्लाका सात वटै गाउँ कमिटिको रिपोटिङ, विधान शम्सोधन गर्नका लागी एमालेका २७ जनाले आफ्नो धारणा राखेका थिए ।  आर्थिक प्रतिवेदनमा आम्दनी र खर्च विवरणका बारेमा पनि छलफल गरिएको पाटी सचिव बोहराले जानकारी दिनुभएको छ । यसैगरी सिमकोट गाउँपालिका वडा नम्बर २ ठेहेका बिभिन्न पाटीका १५ जनाले एमाले पाटीमा प्रवेश गरेका छन । पाटी प्रवेश हुनेमा धुनमानसिंह बोहरा, ज्वाले रावल, नुन्दे बोहरा, दल बोहरा, गौफी रावल, राम बहादुर रावल,सौरीकला रावल, हजारी सार्की, रुप्सीला बोहरा, सोवनकली सुनार, रवि भण्डारी, धुने बोहरा, राजेन्द्र बोहरा, गोर्ख बोहरा, पुन्च बोहरा रहेका छन । पाटी प्रवेश गर्नेलाई नेकपा एमालेका नेता तथा कार्यकर्ताले खादा र अबिरले स्वागत गरेका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै