नेभिगेशन
राजनीति

नेकपा एमाले हुम्लाद्वारा पत्रकार भेटघाट

  
नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले हुम्लाको सोमबार बसेको पूर्ण सातौं बैठकबाट गरेका विभिन्न निर्णयहरु सार्वजनिक गर्नका लागि पत्रकार सम्मेलन तथा भेटघाट कार्यक्रम गरेको छ । नेकपा एमाले जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा र नेकपा एमाले केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश पूर्व सामाजिक विकास मन्त्री दल रावलको प्रमुख आथित्यका साथै संस्थापक बरिस्ठ नेता लोक बहादुर हमालको विशेष आथित्यमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । यस्तै पत्रकार भेटघाट कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य जय बहादुर शाही, पूर्ण ढकाल, जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाही, मञ्जु रावल, लगायत नेता कार्यकर्ताको उपस्थित रहेको जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताउनुभयो । 

पत्रकार भेटघाट कार्यक्रममा पत्रकार महासंघका जिल्ला शाखा अध्यक्ष राजन रावतले एमाले भित्र अहिले ७० वर्षको उमेर हदको बारेमा स्पष्ट पारी दिन आग्रह गर्नुभएको थियोे । यस्तै जिल्लाका अन्य पत्रकारहरु आर्थिक अनियमितता, एसइइमा हुम्लाबाट उर्तिण कम, विभिन्न समयमा हुने मनसुन जन्य घटनामा हुने घटनाका विषयमा कसरी काम गरिरहेको छ । कत्तिको प्रभावकारी तरिकाबाट अगाडि बढ्न सकिन्छ भन्ने विषयमा जिज्ञासा राख्नुु भएको थियोे । 
‎नेकपा एमाले हुम्लाले आफ्नो सातौं पूर्ण बैठकका सातवटा बुदामा विज्ञप्ति समेत निकालेको थियोे । 
‎पूर्ण बैठकले यही भदौ २० देखि २२ गतेसम्म ललितपुरमा हुने विधान महाधिवेशनका लागि हुम्लामा नेता कार्यकर्ताबाट गरेका सुझाव सार्वजनिक गरेको थियो । 

नेकपा एमाले हुम्लाले नवौं केन्द्रीय कमिटीको बैठकले गरेका अन्तरपार्टी–१२ मार्फत भएका सम्पूर्ण निर्णयमा समर्थन गर्ने, नेकपा एमालेको मिसन २०८४ सफल बनाउन पार्टीको निर्देशन अनुसार अगाडि बढ्जे, आर्थिक मेरुदण्डको रुपमा रहेको कर्णाली करिडोर जोड्ने दोजाम नदिको बेलिवृज निर्माणमा आवश्यक सहयोग गर्ने हुने प्रधानमन्त्री केपी शर्मा ओली र उपमहासचिव प्रदिप ज्ञवाली लगायत सहभागी सम्पूर्णमा धन्यवाद दिने निर्णय गरिएको प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरिएको थियोे । 

त्यसैगरी नेपालमा हुन भ्रष्टाचार, अनियमितता र कुशासनप्रति दृढबिरोध, सामाजिक न्याय, बिधिको शासन र पारदर्शिताप्रति अबिचलित निष्ठा प्रति एमालेको मुल मर्म रहदै आएको छ । स्थानीय तह लगायत सम्पूर्ण सार्वजनिक निकायहरुमा हुने अनियमितता, ढिलासुस्ती र राजनीतिकरण विरुद्ध थप सशक्त भएर प्रस्तुत हुने निर्णय गरिएको छ । आगामी असोज मसान्तभित्र हुने नेपालीहरुकाो महान चार्डपर्वलाई लक्षित गर्दै हुम्लाको सातवटै स्थानीय तहमा संगठन सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्नुका साथै समयअवधि पुगेका विभिन्न जनसंगठनहरुको पालिका तथा जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ ।  
‎यस्तै एमाले जिल्ला कमिटीको पूर्ण बैठकमा नवप्रवेशीलाई पार्टी केन्द्रीय सदस्य दल रावल लगायतले पार्टीमा स्वागत गर्नु भएको थियोे । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी

प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी

प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) हुम्लाबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्केगाड गाउँपालिका वडा नम्बर ३ उनापानीका जटिल कार्कीले एकल उम्मेद्धारी दिनुभएका छन ।
प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

मंगलबार जिल्लाका सबै नेता तथा कार्यकर्ताहरुको भर्चुअल बैठक आयोजना गरेको एमालेले सहमती नजुटेपछि २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेबाट निर्वाचन लडेका दल रावल, प्रदेशसभा निर्वाचन १ बाट उम्मेरदवार...
एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

अध्यक्ष वुमीका अनुसार पार्टी केन्द्रको सर्कुलर अनुशार यहि पुष २२ गते सम्म एक महिला र दुई पुरुष गरेर तिनजनाको नाम सिफारिस गर्न गरेको निर्देशन अनुसार आयोजना गरेको अनलाइन...
भर्खरै