नेभिगेशन
राजनीति

नेकपा एमाले हुम्लाद्वारा पत्रकार भेटघाट

  
नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले हुम्लाको सोमबार बसेको पूर्ण सातौं बैठकबाट गरेका विभिन्न निर्णयहरु सार्वजनिक गर्नका लागि पत्रकार सम्मेलन तथा भेटघाट कार्यक्रम गरेको छ । नेकपा एमाले जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा र नेकपा एमाले केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश पूर्व सामाजिक विकास मन्त्री दल रावलको प्रमुख आथित्यका साथै संस्थापक बरिस्ठ नेता लोक बहादुर हमालको विशेष आथित्यमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । यस्तै पत्रकार भेटघाट कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य जय बहादुर शाही, पूर्ण ढकाल, जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाही, मञ्जु रावल, लगायत नेता कार्यकर्ताको उपस्थित रहेको जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताउनुभयो । 

पत्रकार भेटघाट कार्यक्रममा पत्रकार महासंघका जिल्ला शाखा अध्यक्ष राजन रावतले एमाले भित्र अहिले ७० वर्षको उमेर हदको बारेमा स्पष्ट पारी दिन आग्रह गर्नुभएको थियोे । यस्तै जिल्लाका अन्य पत्रकारहरु आर्थिक अनियमितता, एसइइमा हुम्लाबाट उर्तिण कम, विभिन्न समयमा हुने मनसुन जन्य घटनामा हुने घटनाका विषयमा कसरी काम गरिरहेको छ । कत्तिको प्रभावकारी तरिकाबाट अगाडि बढ्न सकिन्छ भन्ने विषयमा जिज्ञासा राख्नुु भएको थियोे । 
‎नेकपा एमाले हुम्लाले आफ्नो सातौं पूर्ण बैठकका सातवटा बुदामा विज्ञप्ति समेत निकालेको थियोे । 
‎पूर्ण बैठकले यही भदौ २० देखि २२ गतेसम्म ललितपुरमा हुने विधान महाधिवेशनका लागि हुम्लामा नेता कार्यकर्ताबाट गरेका सुझाव सार्वजनिक गरेको थियो । 

नेकपा एमाले हुम्लाले नवौं केन्द्रीय कमिटीको बैठकले गरेका अन्तरपार्टी–१२ मार्फत भएका सम्पूर्ण निर्णयमा समर्थन गर्ने, नेकपा एमालेको मिसन २०८४ सफल बनाउन पार्टीको निर्देशन अनुसार अगाडि बढ्जे, आर्थिक मेरुदण्डको रुपमा रहेको कर्णाली करिडोर जोड्ने दोजाम नदिको बेलिवृज निर्माणमा आवश्यक सहयोग गर्ने हुने प्रधानमन्त्री केपी शर्मा ओली र उपमहासचिव प्रदिप ज्ञवाली लगायत सहभागी सम्पूर्णमा धन्यवाद दिने निर्णय गरिएको प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरिएको थियोे । 

त्यसैगरी नेपालमा हुन भ्रष्टाचार, अनियमितता र कुशासनप्रति दृढबिरोध, सामाजिक न्याय, बिधिको शासन र पारदर्शिताप्रति अबिचलित निष्ठा प्रति एमालेको मुल मर्म रहदै आएको छ । स्थानीय तह लगायत सम्पूर्ण सार्वजनिक निकायहरुमा हुने अनियमितता, ढिलासुस्ती र राजनीतिकरण विरुद्ध थप सशक्त भएर प्रस्तुत हुने निर्णय गरिएको छ । आगामी असोज मसान्तभित्र हुने नेपालीहरुकाो महान चार्डपर्वलाई लक्षित गर्दै हुम्लाको सातवटै स्थानीय तहमा संगठन सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्नुका साथै समयअवधि पुगेका विभिन्न जनसंगठनहरुको पालिका तथा जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ ।  
‎यस्तै एमाले जिल्ला कमिटीको पूर्ण बैठकमा नवप्रवेशीलाई पार्टी केन्द्रीय सदस्य दल रावल लगायतले पार्टीमा स्वागत गर्नु भएको थियोे । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै