नेभिगेशन
खार्पुनाथ

महिनावारीको समय विद्यालयमा नियमीत गराउन छात्रालाई स्यानिटरी प्याड


जिल्लाको खार्पुनाथ गाउँपालिकाले पालिका भित्र रहेका १० वटा विद्यालयलाई स्यानिटरी प्याड नि ः शुल्क वितरण गर्ने भएको छ । गाउँपालिका भित्र रहेका १० वटा सामुदायिक विद्यालयलाई ५ हजार ५ सय थान स्यासनिटरी प्याड वितरण गरिने भएको हो ।

कक्षा ६ देखि कक्षा १२ सम्मका करिब १३ सय छात्राहरुलाई स्यानिटरी प्याड वितरण गर्न लागीएको गाउँपालिका शिक्षा शाखाका प्रमुख तथा शिक्षा अधिकारी भिम बहादुर थापाले जानकारी दिनुभयो । शिक्षा अधिकारी थापाका अनुसार हिजो र आज गरेर नेपालगन्जबाट ५ हजार ५ सय थान स्यानिटरी प्याड सिमकोट पुगे लगत्तै गाउँपालिकामा लिएर वितरण गरीने भएको छ ।

विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारीको अवस्थामा कक्षामा नियमित उपस्थिति हुन कठिनाई भएकोले उनीहरुको कक्षा नियमितताको लागी सहज हुने उदेश्यका साथ सो कार्यक्रम लागु गरिएको शिक्षा अधिकारी थापाले जानकारी दिनुभयो ।

सोही गाउँपालिकाका विद्यालयहरुमा कार्यरत महिला शिक्षिका लाई स्यानिटरी प्याड वितरण वितरण गरीने भएको छ ।

स्यानिटरी प्याड वितरणवाट विद्यालयमा अध्ययनरत छात्राहरुको कक्षा नियमित भई अध्ययन अध्यापनमा सहजता हुने छ । जिल्लाका किशोरीहरु महिनावारीको समयमा विद्यालय जान लजाउने भएका कारण पनि गाउँपालिकाले यो कार्यक्रम लागु गरेको हो ।

५ हजार ५ सय स्यानिटरी प्याड खरिद गरेर सिमकोट सम्म आइपुग्न रु तीन सम्म मुल्य पर्न गएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

वडा अध्यक्ष जयबहादुर शाहीका अनुसार लालि गाउँका रामचन्द्र रावलका अन्दाजी १४ वर्षको छोरा प्रशान्त रावल र बिर्ख शाहीकी अन्दाजी १३ वर्षकी छोरी अनु शाही बेपत्ता भएका हुन् ।
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...
भर्खरै