नेभिगेशन
समाज

प्रमुख जिल्ला अधिकारी गुरागाईद्धारा जिल्लाका क्रियाशिल पत्रकारसँग परिचयात्मक कार्यक्रम


हुम्ला ।


हुम्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले जिल्लामा पदभार ग्रहण गरेलगत्तै जिल्लामा क्रियाशील पत्रकारहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्नुभएको छ ।  बिहीबार हुम्ला आइपुगेर जिल्ला प्रशासन कार्यालयमा पदभार ग्रहण गर्नुभएका प्रमुख जिल्ला अधिकारी गुरागाईले शुक्रबार पत्रकारहरूसँग जिल्लाको वस्तुस्थिति, रहनसहन, विकासका चुनौती तथा सञ्चार क्षेत्रसँग समन्वयका विषयमा छलफल गर्नुभएको हो । जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले प्रमुख जिल्ला अधिकारीलाई हुम्लाको समग्र अवस्था, यहाँको भौगोलिक चुनौती र स्थानीय सरोकारका विषयमा जानकारी गराउने उद्देश्यले पत्रकारसँग भेटघाट कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।


कार्यक्रममा पत्रकारहरूले हुम्ला–बाजुरा सीमा विवादको विषयमा सत्यतथ्य छानबिन गरी समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् । साथै बाजुराको हिरासतमा रहेका २१ जना हुम्ली नागरिकको घटनाबारे छिटो अनुसन्धान गरी आवश्यक समन्वय गर्न जिल्ला प्रशासन कार्यालयले सक्रिय भूमिका खेल्नुपर्ने माग गरेका छन् ।


त्यसैगरी जिल्लामा हुने विकास निर्माणका कामलाई प्रभावकारी बनाउन, हुम्लामा भित्रिने चिनियाँ मदिराको निगरानी गर्न, बजार अनुगमनलाई नियमित बनाउन, दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न तथा सरकारी कार्यालयका प्रमुखहरूलाई नियमित रूपमा कार्यस्थलमा उपस्थित हुने वातावरण निर्माण गर्न पनि पत्रकारहरूले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।


पत्रकारका जिज्ञासाको जवाफ दिँदै प्रमुख जिल्ला अधिकारी गुरागाईले हुम्ला भौगोलिक रूपमा विकट र ठूलो जिल्ला भएकाले सेवा प्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो । उहाँले शान्ति सुरक्षा, विपद् व्यवस्थापन, विकास निर्माणमा सहजीकरण, नागरिकता लगायतका प्रशासनिक सेवा सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै प्राकृतिक तथा मानवीय विपद्को व्यवस्थापनमा सबै निकायसँग समन्वय गरेर काम गर्ने र नागरिकले कुनै पनि प्रशासनिक सेवामा दुःख नपाउने वातावरण निर्माण गर्न आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।