नेभिगेशन
समाज

भुब्रेलेकको ४ जी टावर छ दिनपछि सञ्चालनमा आयो


हुम्ला । 
सर्केगाड गाउँपालिका र वडा नम्बर ६ छ्यागीमा रहेको भुब्रेलेक स्थित नेपाल टेलिकमको ४ जी टावर  छ दिनपछि सञ्चालनमा आएको छ । खार्पुनाथ गाउँपालिकाका वडा नम्बर १, २ र ३ सर्केगाड ६ बराई र छ्यागीमा छ दिन पछि सञ्चार सेवाबाछ लाभान्वीत भएकोे केैलाश आधारभुत विद्यालय प्युसका शिक्षक जिवन छत्यालले जानकारी दिनुभएको छ । शिक्षक छत्यालका अनुसार वडामा खार्पुनाथ गाउँपालिकाका वडा नम्बर १, २ र ३ सर्केगाड ६ बराई र छ्यागीका स्थानीयवासी सूचना तथा सञ्चार सेवामा जोडिएको बताउनु भयो । 


टावर सञ्चालनमा आएपछि मोबाइल फोन, इन्टरनेट सेवा तथा कार्यालयका काम काज अनलाइनमार्फत सञ्चालन हुने विभिन्न दैनिक गतिविधिका काम गर्न सहज भएको शिक्षक छत्यालले बताउनु भयो । नेपाल टेलिकम हुम्लाका प्राविधिक ओवजन शाही आज उक्त स्थानमा गएर समस्याको समाधान गरिएको हो । उक्त टावरको एमसिभि डिसिडिसि र केबुलमा समस्या आउदा ४ जी सेवा बन्द भएको जानकारी दिनुभयो । नयाँ एमसिभि डिसिडिसि र केबुल जडान गरेपछि आजबाट पुर्ण रुपमा सञ्चालनमा आएको बताइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।