नेभिगेशन
खार्पुनाथ

खार्पुनाथका स्वास्थ्यकर्मीले दिनथाले घरमै पुगेर स्वास्थ्य सेवा

जिल्लाको खार्पुनाथ गाउँपालिकाले यो आर्थिक वर्षदेखि स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन शुरु गरेको छ । घरदैलो स्वास्थ शिक्षा कार्यक्रम हरेक महिनाको २१ र २२ गते नियमीत सञ्चालन गरिँदै आएको हो ।

यो कार्यक्रम विषेश गरी फरक क्षमता भएका, ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका, गर्भवती तथा सुत्केरी महिला र स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी सञ्चालन गरिँदै आएको गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिनुभयो ।

नागरिकले घरआगनमै स्थानीय सरकार आएको थप अनुभूति गर्न पाउन भनेर कार्यक्रम सञ्चालन गरिएको संयोजक शाहीले बताउनुभयो । यहाँका अधिकांश नागरिकले स्वास्थ्य संस्थामा गएर सेवा लिन नसक्ने अवस्था भएपछि घरदैलो कार्यक्रम थालिएको हो ।

गाउँपालिकाका ७० वर्षीय दोर्मा हमालले भन्नुभयो, यो बुढेसकालमा लौरो टेकेर उपचारका लागि स्वास्थ्य चौकीमा पुग्नुपथ्र्यो, तर आजभोलि घरमै आएर उपचार दिनथालेपछि सरकार घरआगनमै आएको महशसुस भएको छ । उहाँले फेरि थप्नुभयो, उपचार गर्न घरमा आएका स्वास्थ्यकर्मीले सान्वना दिएर खुशी बाँडेको देखेर थप उत्साहित भएको छु ।

यस्तै अर्का स्थानीयवासी ८६ वर्षका नन्दबहादुर हमालले भन्नुभयो, यसरी घरमै पुगेर यस्तो सेवा पाउँला भन्ने सोचेको थिइएन तर पछिल्लो समय यो सेवा पाउँदा सारै खुशी भएको छु । उहाँले भन्नुभयो, हामी जस्ता स्वास्थ्य संस्थासम्म पुग्न नसकेका ज्येष्ठ नागरिक बिरामीका लागि यो कार्यक्रम प्रभावकारी भएको छ ।

गाउँपालिकाले सञ्चालनमा ल्याएको घरदैलो कार्यक्रममा अहिलेसम्म १४१ नागरिकले सेवा पाएको छिप्रा स्वास्थ्यौकिका अहेब प्रेम रावलले जानकारी दिनुभयो । गाउँपालिका वडा नम्बर १ देखि ५ सम्म स्थानीय स्वास्थ्य चौकी, सामुदायिक एकाई र सामुदायिक अस्पताल गरेर दश स्वास्थ्य संस्था रहेका छन् भने एक डाक्टरसहित ३६ स्वास्थ्यकर्मी रहेका अहेब रावलले जानकारी दिनुभयो ।

यस्तै अस्थायी कोभिड अस्पतालका लागि एक डाक्टर, एक ल्याब टेक्निसियन र दुई स्टाफ नर्स रहेको उहाँले जानकारी दिनुभयो । आम नागरिकको घर दैलोमा पुगेर बिरामीको स्वास्थ्य जाँच गर्नुका साथै अन्य स्वास्थ्य सम्बन्धी परामर्शसमेत दिइने गरेको छ ।

स्वास्थ्यसेवा प्रदान गर्ने क्रममा गत वर्षको अनुदानबाट गाउँपालिकाको स्वास्थ्य शाखाले सबै नागरिकलाई घरमै स्वास्थ्यकर्मी पु¥याएर सेवा प्रदान गर्न घरदैलो कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

वडा अध्यक्ष जयबहादुर शाहीका अनुसार लालि गाउँका रामचन्द्र रावलका अन्दाजी १४ वर्षको छोरा प्रशान्त रावल र बिर्ख शाहीकी अन्दाजी १३ वर्षकी छोरी अनु शाही बेपत्ता भएका हुन् ।
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...
भर्खरै