नेभिगेशन
खार्पुनाथ

प्रहरीलाई सोलार सहयोग, नाम जोडिएको प्रति उपाध्यक्ष शाहीको आक्रोस

हुम्लाको खार्पुनाथ गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय हुम्लालाई सोलार अर्थात विद्युतीय सामग्री सहयोग गरेको छ । गाउँपालिकाले मंङ्गलबार विहान साढे एक किलोवाट क्षमताभएको सोलार निःशुल्क सहयोग गरेको हो ।

जिल्ला सदरमुकाम सिमकोटमा मङसिर पहिलो साता देखि दैनिक ९ घण्टा बढी विद्युत लोडसेडिङ हुनथालेपछि काम गर्न समस्या निम्तीने भएकाले उक्त सामग्री सहयोग गरीएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिनुभयो ।

मंङ्गलबार विहान नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जीवन बहादुर शाहीले जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीलाई हस्तान्तरण गरेका हुन् ।

यस्तै खार्पुनाथ गाउँपालिका उपाध्यक्षले आफु सोलार वितरण कार्यक्रममा सहभागी नभएको तर आफ्नो नाम राखिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । गाउँपालिका अध्यक्ष रावलले उपाध्यक्ष सहितका अन्य जनप्रतिनिधिसँग कुनै सल्लाह नगरी मनोमानी एकतर्फि तरिकाले आफुखुसि काम गर्दै आएकोमा उपाध्यक्ष रुपा शाहीले असहमति जनाउनुभयो । गाउँपालिका अध्यक्ष रावलले आफ्नो घरको सम्पति दिएजसरी एकतर्फि गाउँपालिका कामकाज चलाएको भन्दै उपाध्यक्ष शाहीले आरोप समेत लगाउनुभएको छ ।

खार्पुनाथ गाउँपालिकाले मङगलबार विहान (सोलार प्यानल चार, व्याट्री चार र इन्भटर एक थान) सहितका विद्युतीय सामग्री सहयोग गरेको खार्पुनाथ गाउँपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

वडा अध्यक्ष जयबहादुर शाहीका अनुसार लालि गाउँका रामचन्द्र रावलका अन्दाजी १४ वर्षको छोरा प्रशान्त रावल र बिर्ख शाहीकी अन्दाजी १३ वर्षकी छोरी अनु शाही बेपत्ता भएका हुन् ।
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...
भर्खरै