नेभिगेशन
खार्पुनाथ

गर्भवती महिलाका लागी निमन्त्रणा कार्ड

हुम्लाको खार्पुनाथ गाउँपालिकाले गाउँपालिका भरि गर्भवती भएका महिलाहरुका लागी स्वास्थ्य शाखाले निमन्त्रणा कार्डको व्यवस्था गरेको छ ।

गर्भवती महिला समुहको मासिक रुपमा बस्ने बैठकमा सम्मानका लागी उपस्थित हुने वातावरण सृजन ागर्न उक्त कार्डको व्यवस्था गरीएको हो ।

अघिल्लो दिन निमन्त्रणा कार्ड पाएर बैठकमा जानुको गर्भ अर्कै हुने खाप’ुनाथ गाउँपालिका वडा ४ छिप्रा गाउँका वेलमति टमटाले बताउनुभयो ।

यसअघि यस्तो समुह नभएको र बैठक पनि हुने गरेको थिएन । सात महिनाको गर्भ बोक्नु भएकी उहाँले स्वास्थ्य स्वयम सेविकाहरुले उक्त कार्ड लिएर बैठकका लागि निम्ता दिन आउने गरेको बताउनुभयो ।

खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाका संयोजक बलिराज शाहीले भन्नुभयो, “गाउँपालिका भरिका सबै गर्भवती महिलाहरुलाई मासिक रुपमा हुने बैठकमा उपस्थिती गराउनका लागि निमन्त्रणा कार्डको व्यवस्था गरेर बोलाउने गरीएको छ” ।

गर्भवतीको सम्मानका लागि उक्त कार्डको व्यवस्था गरिएको उहाँले बताउनुभयो । बैठक अगाडी गर्भवतीले मासिक बैठकमा आउने कार्ड पाएपछि उहाँहरु बैठक आउने र छलफलमा भाग लिने गरेको जानकारी प्राप्त भएको छ ।

यो व्यवस्था गाउँपालिकाका पाँच वटै वडाका स्वास्थ्य संस्थाहरुका लागी गरीएको छ । गर्भवती महिलाको मासिक वैठक प्रत्येक महिनाको २८ गते बस्ने व्यवस्था गरीएको छ । निमन्त्रण कार्डमा गर्भजाँच गराउन गएबाट र प्रसुती गृहमा सुत्केरी भए बापत पाउने सुबिधा कुरा उल्लले गरे गर्भवतीलाई यी दुबै काम गर्न जानकारी गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

वडा अध्यक्ष जयबहादुर शाहीका अनुसार लालि गाउँका रामचन्द्र रावलका अन्दाजी १४ वर्षको छोरा प्रशान्त रावल र बिर्ख शाहीकी अन्दाजी १३ वर्षकी छोरी अनु शाही बेपत्ता भएका हुन् ।
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...
भर्खरै