नेभिगेशन
खार्पुनाथ

स्वयम सेविकालाई तालिम

जिल्लाको खार्पुनाथ गाउँपालिकाले महिला स्वास्थ्य स्वयम सेविकाका लागी नौ दिने तालिम सम्पन्न गरेको छ ।

सामुदायिक महिला स्वास्थ्य स्वयम सेविका छनोट गरेपछि पहिलो पटक उनीहरुलाई तालिम सञ्चालन गरीएको हो । नयाँ छनोट भएका महिला स्वयम सेविकाले बालबालिकालाई कसरी पोलियो खुवाउने, समाजमा देखिने स्वास्थ्य समस्याका विषयमा कसरी छिटो छरितो जानकारी गराउने, महिला स्वयम सेविकाले खेल्नुपर्ने भुमिका लगायतका विषयमा जानकारी गराइएको हो ।

महिला स्वयम सेविकालाई तालिम पुस २३ गतेबाट शुरु भएर आज सम्पन्न भएको खार्पुनाथ गाउँपालिका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिए । नौ दिने स्वयम सेविका को तालिममा वडा एक देखि पाँच सम्मका गरेर ३४ जना महिलाको सहभागीता रहेको संयोजक शाहीले बताए । नयाँ छनोट भएर तालिम नलिएका साक्षेर महिला स्वयम सेविकाका लागी खार्पुनाथ गाउँपालिकाले आयोजना गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
हिल्सा नौधारा आधारभुत विद्यालयको ताला ५ दिनपछि खुल्यो

हिल्सा नौधारा आधारभुत विद्यालयको ताला ५ दिनपछि खुल्यो

विद्यार्थीको दिवा खाजाको रकम र छात्रवृतिको रकम विद्यालयका प्रध्यानध्यापक र भुतपुर्व विद्यालय व्यवस्थापनका अध्यक्षको मिलोमतोमा हिनामिना गरेको आरोपसहित विद्यालयमा तालाबन्दी गरिएको थियो । 
खार्पुनाथ गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थाको अनुगमन

खार्पुनाथ गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थाको अनुगमन

खार्पुनाथ गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ । खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाभित्र रहेका पाँच वटै वडाका स्वास्थ्य संस्थाहरूको अनुगमन आईतबारबाट सुरु भएको हो ।
हुम्लामा मनाइयो माघी पर्व

हुम्लामा मनाइयो माघी पर्व