नेभिगेशन
खार्पुनाथ

स्वयम सेविकालाई तालिम

जिल्लाको खार्पुनाथ गाउँपालिकाले महिला स्वास्थ्य स्वयम सेविकाका लागी नौ दिने तालिम सम्पन्न गरेको छ ।

सामुदायिक महिला स्वास्थ्य स्वयम सेविका छनोट गरेपछि पहिलो पटक उनीहरुलाई तालिम सञ्चालन गरीएको हो । नयाँ छनोट भएका महिला स्वयम सेविकाले बालबालिकालाई कसरी पोलियो खुवाउने, समाजमा देखिने स्वास्थ्य समस्याका विषयमा कसरी छिटो छरितो जानकारी गराउने, महिला स्वयम सेविकाले खेल्नुपर्ने भुमिका लगायतका विषयमा जानकारी गराइएको हो ।

महिला स्वयम सेविकालाई तालिम पुस २३ गतेबाट शुरु भएर आज सम्पन्न भएको खार्पुनाथ गाउँपालिका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिए । नौ दिने स्वयम सेविका को तालिममा वडा एक देखि पाँच सम्मका गरेर ३४ जना महिलाको सहभागीता रहेको संयोजक शाहीले बताए । नयाँ छनोट भएर तालिम नलिएका साक्षेर महिला स्वयम सेविकाका लागी खार्पुनाथ गाउँपालिकाले आयोजना गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

वडा अध्यक्ष जयबहादुर शाहीका अनुसार लालि गाउँका रामचन्द्र रावलका अन्दाजी १४ वर्षको छोरा प्रशान्त रावल र बिर्ख शाहीकी अन्दाजी १३ वर्षकी छोरी अनु शाही बेपत्ता भएका हुन् ।
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...
भर्खरै