नेभिगेशन
खार्पुनाथ

गाउँमै अल्ट्रासाण्ड र इम्प्लान्ट सेवा प्रदान

दुर्गम हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका वडा चारमा रहेको छिप्रा स्वास्थ्यचौकीमा स्त्रीरोगसम्बन्धी सञ्चालन भएको छ ।

जिल्ला अस्पतालको टोलीले गाउँमै पुगेर अल्ट्रासाण्ड, आई.यू.सि.डि. र इम्प्लान्टबाट बिरामीको उपचार गरेका छन् । खार्पुनाथ गाउँपालिकाको आयोजनामा स्त्रीरोगसम्बन्धी शिविर सञ्चालन भएको जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिनुभयो ।

शिविरमा महिलाको पाठेघर, गर्भवती,परिवारनियोजको अस्थाइ साधन तथा अन्य स्त्रीरोगको परीक्षण, उपचार तथा परामर्श दिइएको अनमि बोहराले जानकारी दिनुभयो । अल्ट्रासण्डबाट सञ्चालन भएको शिविरमा १५ जना र इम्प्लान्टबाट ६ जना महिलाले स्वास्थ्य परीक्षण तथा सेवा लिएको जनाकारी प्राप्त भएको छ । पछिल्लो समय यहाँका महिला गर्भाअवस्था हुँदा स्वास्थ्य संस्थामा जाँचका लागि पुग्ने गरेका छन् ।

सिमकोटमा रहेको जिल्ला अस्पतालबाट ल्याइएको अल्ट्रासाण्डबाट शिविरमा बिरामीले सुविधा पाएको वरिष्ठ अनमी बोहराले जानकारी दिनुभयो । अल्ट्रासण्ड र इम्प्लान्टबाट २१ ज्ना महिलाले यो सेवा लिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

वडा अध्यक्ष जयबहादुर शाहीका अनुसार लालि गाउँका रामचन्द्र रावलका अन्दाजी १४ वर्षको छोरा प्रशान्त रावल र बिर्ख शाहीकी अन्दाजी १३ वर्षकी छोरी अनु शाही बेपत्ता भएका हुन् ।
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...
भर्खरै