नेभिगेशन
खार्पुनाथ

थाली गाउँमा सिजनल रुघाखोकीका विरामी बढे

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा दुई थाली गाउँ सिजनल रुघाखोकीका विरामीले थला परेको छ । गाउँमा केही दिन अगाडी देखि रुघोखोकीको संक्रमण फैलिएको रहेछ आज मात्रै चालीस देखि पचास जनामा सामन्य चेकजाँच गरीएको गाउँपालिकाका ल्याप टेक्निसियन रमेश शाहीले बताए । आफुहरु कोरोना संक्रमणको परीक्षण गर्नका लागीआज थाली गाउँमा पुगेर सात जनालाई परीक्षण गर्दा कसैमा संक्रमण नदेखिएको तर सिजलन रुघाखोकीका विरामी गाउँ भरीनै रहेको उनले बताए ।

आफुहरुले आज विरामीहरुको चेकजाँच गर्नुका साथै थप उपचारका लागी पालिकाबाट औषधि मगाएको उहाँले बताउनुभयो । गाउँमा एकै घरमा तीन देखि चार जना सम्म विरामी भएको पाइएको छ । सिजनल रुघाखोकी नियन्त्रणका लागी गाउँपालिकाको स्वास्थ्य शाखाबाट औषधिको माग गरीएको छ । मौसम परिवर्तन हुँदा गाउँमा सिजनल रुघाखोकीका विरामी बढेको हुन सक्ने बताइएको छ ।

ज्वरो आउने, रुघाखोकी, छाती दुख्ने लगायतका लक्ष्यण सहितका विरामी रहेको उहाँले बताउनुभयो । गाँउभरी ज्वरो र रुघाखोकीका विरामीले मानिसहरु लखतरान परेको स्थानियले बताएका छान् । बच्चा देखि बृद्धबृद्धा सवै सिजनल रुघाखोकीले प्रभावित भएको बताइएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

वडा अध्यक्ष जयबहादुर शाहीका अनुसार लालि गाउँका रामचन्द्र रावलका अन्दाजी १४ वर्षको छोरा प्रशान्त रावल र बिर्ख शाहीकी अन्दाजी १३ वर्षकी छोरी अनु शाही बेपत्ता भएका हुन् ।
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...
भर्खरै