नेभिगेशन
खार्पुनाथ
कृषकलाई निःशुल्क तरकारी विउ

दुई सय साठी कृषकलाई तरकारी विउ सहयोग

सिमकोट । हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकाका लक्षित वर्गका कृषकलाई निःशुल्क तरकारी विउ वितरण गरिएको छ । लामो समयदेखि जिल्लामा कृषि, स्वास्थ्य, शिक्षा लगायत विभित क्षेत्रमा काम गर्दै आएका दुई संस्थाले तरकारी विउ वितरण गरेका हुन् । 

   गुडनेवर्स इन्टरनेशल नेपालको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लाको सहकार्यमा सिमकोट गाउँपालिका वडा नम्बर दुई ठेहे, वडा नम्बर चार हिल्दुम, बुराउसे, पाँच तल्लो गाउँ र वडा नम्बर ६ माथिल्लो गाउँका कृषकलाई तरकारी विउ वितरण गरिएको हो । 

    मष्टदेव कृषि सहकारी संस्था ठेहेमा आवद्ध पचास जना, पञ्चमुखी दुधेदह कृषि सहकारी संस्था सिमकोट तल्लो गाउँ, माथिल्लो गाउँ, हिल्दुम र बुराउँसेका ८४ जना कृषकलाई यो मौसमी सिजनमा उत्पादन हुने विभिन्न प्रकारका तरकारीका विउ निःशुल्क वितरण गरिएको स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लाका सहकारी व्यवसायी विकास अधिकृत रमेश बहादुर शाहीले जानकारी दिनुभयो ।

     यस्तै खार्पुनाथ गाउँपालिका वडा नम्बर चारमा रहेको दुधकुण्ड महिला विकास बहूदेशिश्य सहकारी संस्थामा आवद्ध माजा, छिप्रा र नल्ना गाउँका एक सय छब्बीस किसानलाई पनि तरकारीका विउ वितरण गरिएको सोही संस्थाका सहकारी व्यवसायी विकास अधिकृत शाहीले बताउनुभयो । 

     सिमकोट र खार्पुनाथ गाउँपालिकामा रहेका कृषकलाई दोस्रो सिजनको लागि आवश्यक पर्ने बन्दा,काउली, टमाटर, प्याज, फर्सि, गाँजर, धनियाँ र काख्रा गरी आठ प्रकारका विउविजन निःशुल्क वितरण गरिएको शाहीले जानकारी दिनुभयो । 

    एकिकृत सामुदायिक विकास परियोजना अन्तर्गत प्रवद्र्धित सहकारी संस्थामा आवद्ध रहेका कृषकहरुको जिविकोपार्जन सुधार वातावरण मैत्री तवरले तरकारी उत्पादन गरी उत्पादकत्व बढाउनको लागि विभिन्न आठ प्रकारका विउविजन वितरण गरिएको उहाँले बतानुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

वडा अध्यक्ष जयबहादुर शाहीका अनुसार लालि गाउँका रामचन्द्र रावलका अन्दाजी १४ वर्षको छोरा प्रशान्त रावल र बिर्ख शाहीकी अन्दाजी १३ वर्षकी छोरी अनु शाही बेपत्ता भएका हुन् ।
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...
भर्खरै