नेभिगेशन
खार्पुनाथ
ताला बर्थिङ सेन्टर

रु ६ लाख नपाउँदा थालीको आधारभूत स्वास्थ्य केन्द्रमा ताला

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँमा रहेको आधारभूत स्वास्थ्य केन्द्र बर्थिङ सेन्टरमा सोमबार ताला लगाइएको छ । वडा नम्बर २ थाली गाउँमा रहेको शंकर माध्यामिक विद्यालय व्यवस्थापन समितिले गाउँमै भएको बर्थिङ सेन्टरमा ताला लगाएको जानकारी प्राप्त भएको छ । विद्यालयको खाली रहेको जग्गामा बर्थिङ सेन्टरको भवन निर्माण गरी स्वास्थ्य सेवा सञ्चालन हुँदै आएपनि रु ६ लाख पचास हजार नपाउँदा सोही विद्यालयका व्यवस्थापन समितिले सोमबार ताला लगाएको बताइएको छ । 

अभिभाव संघका अध्यक्ष संकेश रावलको नेतृत्वमा आधारभूत स्वास्थ्य केन्द्र बर्थिङ सेन्टरमा ताला लगाइएको हो । विद्यालयलाई उक्त रकम दिने भनी कागजी निर्णय गरेर सहमती गरेपनि कार्यान्वय नभएर ठेकेदारले दिनु पर्ने रकम नदिएका कारण ताला लगाएको बताइएको छ । दुई कोठे भएको उक्त बर्थिङ सेन्टरमा सोमबार ताला लगाउँदा सम्पूर्ण स्वास्थ्य सेवा ठप्प भएको छ । विद्यालय व्यवस्थापन समितिले आफुले पाउने पर्ने रकम नपाएको भन्दै ताला लगाएको छ । दुई पक्ष सहमती भएपनि पाउन पर्ने रकम माग गर्दा नदिएपछि ताला लगाइएको हो ।

सोमबार बर्थिङ सेन्टरमा ताला लगाएपछि स्वास्थ्य सेवा ठप्प भएको बताइएको छ । स्वास्थ्य जस्तो सम्बेदनशिल कार्यालयमा ताला लगाउँदा यहाँका सेवाग्राही मर्कामा परेको बताइएको छ । सोमबार दिनभर थाली गाउँका सेवाग्राही बर्थिङ सेन्टरमा ताला लगाउँदा सेवा पाउनबाट बन्चित भएका छन् । 

450078937_925940915886533_295596804009272563_n1721698216.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

वडा अध्यक्ष जयबहादुर शाहीका अनुसार लालि गाउँका रामचन्द्र रावलका अन्दाजी १४ वर्षको छोरा प्रशान्त रावल र बिर्ख शाहीकी अन्दाजी १३ वर्षकी छोरी अनु शाही बेपत्ता भएका हुन् ।
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...
भर्खरै