नेभिगेशन
राजनीति

 रास्वपा हुम्लाको भ्रष्टचार विरुद्ध खबरदारी अभियान सम्पन्न

सिमकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हुम्लामा साउन पहिलो हप्ताको शनिबारदेखि सञ्चालन गरेको भ्रष्टचार विरुद्ध खबरदारी अभियान सम्पन्न गरेको छ । 

जिल्लामा हुने भ्रष्टचार व्यथितीलाई अन्त्य गर्नका लागि साउन महिनाभरीका चारवटा शनिबारका दिन सदरमुकाम सिमकोटका विभिन्न चोकमा खबरदारी गर्दै आएको अभियान सम्पन्न भएको जानकारी प्राप्त भएको छ । रास्वपा हुम्लाले सिमकोट माथिल्लो बजारको तीनधारा चोकमा भ्रष्टार विरुद्धको खबरदारी अभियान कार्यक्रम गरी आजसम्पन्न भएको जनाएको हो । 

तीनधारामा एक कार्यक्रम गरी सदरमुकाममा हुने अभियान सम्पन्न भएको भ्रष्टचार विरुद्ध खबरदारी अभियान हुम्लाका संयोजक तथा रास्वपाका महेन्द्र पाण्डेले बताए । रास्वपा हुम्लाका जिल्ला स्थित नेता तथा कार्यकर्ताको उपस्थितमा सम्पन्न भएको बताइएको छ । साउन महिलाको प्रत्येक शनिबार सदरमुकाममा भ्रष्टचार विरुद्धको र्याली निकाल्दै मूख्य चोकमा कोणसभा गरी कार्यक्रम हुँदै आएको थियो ।

रास्वपा हुम्लाले साउन महिनाभरी सदरमुकाम सिमकोटमा भ्रष्टचार अन्त्यका लागि हरेक हप्ताको शनिवार हस्ताक्षर कार्यक्रम गर्नुका साथै बजार क्षेत्र सरसफाई समेत गर्दै आएको बताइएको छ । 

जिल्लामा विकास निर्माणका कामले गति लिन नसकेर गुणस्तरीय नभएर यहाँका विभिन्न कार्यालय र स्थानीय तहमा व्यथिति भएपछि भ्रष्टचार अन्त्यका लागि आफुहरुले साउन महिनाभरी यो कार्यक्रम सञ्चालन गरेको रास्वपा हुम्लाले बताएको छ । आज यो अभियान सदरमुकाममा गरिने कार्यक्रम सम्पन्न भएसँगै भोली आइतबार जिल्ला प्रशासनमा यसको समिक्षा गरिने भएको जानकारी प्राप्त भएको छ । यसपछि भदौ महिनामा जिल्लाका सातवटै गाउँपालिकामा र गाउँ गाउँमा गएर भ्रष्टचार विरुद्ध हस्ताक्षर अभियान सञ्चालन गर्नुका साथै कार्यक्रम समेत सञ्चालन गरिने भएको बताइएको छ । जिल्लामा हुने भ्रष्टचार अन्त्यका लागि आफ्नो पार्टीले दबाब स्वरुप यो अभियान सञ्चालन गरेको रास्वपाका जिल्ला सभापति बुधे बुढाले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै