नेभिगेशन
राजनीति

सिमा बैठकमा चीनिया चासोः सीमा सुरक्षा बलियो बनाउँ 

सिमकोट । नेपाल र चीनिया पक्षको सिमा सुरक्षा बैठकमा चीनले सिमा सुरक्षाप्रति निकै चासो देखाएको छ । 

चीनसँगको सिमा जोडिएको हिमाली जिल्ला हुम्ला र चीनको पुरागं काउण्ट्रीका सुरक्षा अधिकारी तथा सिमको जोडिएका स्थानीय तहका जनप्रतिनिधिहरुको संयुक्त बैठकमा मित्रराष्ट्र चीनले सीमा जोडिएका स्थानीय तह र स्थानीय प्रशासनलाई सीमा सुरक्षामा जोड दिन आग्रह गरेको छ। 

पहिलो पटक चीनको पुराङ काउण्ट्रीको ताक्लाकोटबाट सीमा जोडिएको हुम्ला जिल्लाको नाम्खा गाउँपालिकामा आएको चिनियाँ प्रतिनिधि मण्डलले कैलास मानसवरको दर्शनका लागि विभिन्न देशबाट आउने दोस्रो र तेस्रो देशका पर्यटकहरुको आवागमन समेत हुने भएकाले चीनिया पक्षले सिमा सुरक्षालाई निकै चासोका रुपमा हरेको बैठकमा सहभागि नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले जानकारी दिए । 

नाम्खा गाउँपालिकामा दुई देशका स्थानीय प्रतिनिधिबीच बसेको समन्वय बैठकमा चिनियाँ प्रतिनिधि मण्डलका प्रमुख डुनजुले सीमा सुरक्षालाई जोड दिनुपर्ने, यसअघि सीमा जोडिएका स्थानीय तहलाई गर्दै आएको सहयोगलाई आगामी दिनमा निरन्तरता दिने र थप सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए।

बैठकमा प्रमुखले सीमा क्षेत्रमा दुई देशबिच सीमा सुरक्षालाई बलियो बनाउन लाग्नुपर्ने पनि बताए। उनले सदिऔदेखि दुई देशबिचको मित्रतालाई कायम राख्ने बिषयमा चिनियाँ पक्ष प्रतिबद्ध रहेको समेत बताए। 
प्रकृतिले दिएको नेपाली भुगोलले हामी चीन)लाई निक्कै आर्कषित बनाएको छ, बैठकमा प्रमुख डुनजुले थपे, हामी नेपालप्रतिको सिमा सुरक्षा प्रति अति सवेदनसिल मात्रै छैनौं हाम्रोतर्फबाट नेपालको विकासका लागि समेत सहकार्य गर्न आतुर छौं । 

बैठकमा नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले नेपाली पक्षका तर्फबाट पनि प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलले बुँदागत रुपमा नेपाली पक्षकातर्फबाट आफ्ना कुरा राखे । 

चीनिया पक्षलाई चौध बुँदे सुझाव पेश गरेको नेपाली प्रतिनिधि मण्डलले शदियौ देखि खुला रुपमा रहेको नेपाली प्रवेशमा पछिल्लो समय ब्यहोर्नु पर्ने झण्झटलाई सहज बनाउनु पर्ने, नेपाली पक्षलाई आवश्यकताका आधारमा सामानहरु  (दैनिक उपभोग्य र निर्माण सामाग्री) निर्वाध रुपका खरिद गरेर ल्याउन पाउनु पर्ने ब्यवस्था हुनुपर्ने, चीनको ताक्लाकोटमा हुम्लाका ब्यापारीहरुले सहज रुपमा ब्यापार ब्यवसाय गर्ने बाताबरण मिलाउनुपर्ने, मानसरोवर कैलालको दर्शन २०७० साल अघि हुम्लावासीले सीमा पासका आधारमा गर्न पाए जस्तै ब्यवस्था मिलाउनु पर्ने मागलाई अघि सारेको छ । 

नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको उल्लेख गरेको नेपाली प्रतिनिधिमण्डलले हुम्ला जिल्ला भित्र दुई देशबिचको पर्ने सीमा क्षेत्रमा अबान्छित र छिमेकी बिरुद्ध कुनै पनि कार्य हुन नदिने प्रतिबद्धता जनाएको नेपाली प्रतिनिधि मण्डलको संयोजक तथा हुम्लाका प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलले जानकारी दिए । 

हामीले आप्mना विषय चीनिया पक्षसँग स्पष्ट राखेको छौं प्रजिअ पोखरेलले भने, चीनले मुख्यगरी सिमा क्षेत्रमा हुने सुरक्षाप्रति निकै चासो देखाएर आप्mना बीचार राख्यो । 

दुई देशबीच स्थानीय स्तरमा यसरी समन्वय बैठक आलोपालो हुनु आवश्यक रहेको उनले बताए। यसअघि नाम्खा गाउँपालिकाका अध्यक्ष लामाले चिनीया टोलीलाई हिल्सामा स्वागत गरेर याल्वाङ ल्याएका थिए।

बैठकमा अध्यक्ष लामाले चिनियाँ टोलीलाई नेपाली भादगाउँले टोपी उपहार समेत दिएका थिए। चिनियाँ प्रतिनिधि मण्डललाई उपाध्यक्ष तक्दीर लामाले स्वागत मन्तव्य ब्यक्त गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
हुम्लामा पनि ओलीको रिहाईको माग गर्दै सडकमा उत्रियो एमाले

हुम्लामा पनि ओलीको रिहाईको माग गर्दै सडकमा उत्रियो एमाले

पुर्व प्रधानमन्त्री एबम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडक संघर्ष गर्ने सचिवालय बैठकको निर्णयसँगै कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् । देशै भर दिउँसो ३ बजेदेखि एमालेको...
नेकपा एमालेका उम्मेदवार फडेराको निर्वाचन खर्च २० लाखः नेकपाका उम्मेदवार रोकायाको २६ लाख

नेकपा एमालेका उम्मेदवार फडेराको निर्वाचन खर्च २० लाखः नेकपाका उम्मेदवार रोकायाको २६ लाख

नेपाल कम्युनिष्ठ पार्टी एमाले हुम्लाका उम्मेदवार दल फडेराले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको खर्च सार्वजनिक गर्नु भएको छ । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवारको...
निर्वाचन खर्च विवरण बुझाउन निर्वाचन कार्यालयको आग्रह

निर्वाचन खर्च विवरण बुझाउन निर्वाचन कार्यालयको आग्रह

जिल्ला निर्वाचन कार्यालय हुम्लाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका सबै उम्मेदवारलाई निर्वाचन खर्च विवरण पेश गर्न आग्रह गरेको छ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...
जिल्लाको कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा ४२ जनाको मत खस्यो

जिल्लाको कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा ४२ जनाको मत खस्यो

जिल्लाको कारागार अस्थायी मतदान स्थलमा जम्मा ४२ जनाले मतदान गरेको मतदान अधिकृत श्याम सापकोटाले जानकारी दिनुभएको छ ।