नेभिगेशन
राजनीति

नेपाल दलित संघ हुम्लाले थाल्यो आफ्नो संगठन सुदृढीकरण अभियान

सिमकोट । नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ हुम्लाले आजदेखि जिल्लाभर आफ्नो संगठन सुदृढीकरण अभिायन थालेको छ । नेपाली कांग्रेसमा आवद्ध जिल्लाभरका दलितहरुको संगठन नेपाल दलित संघलाई थप सुदृढ र शसक्त बनाउनका लागि आजदेखि उक्त संगठन सृदृढिकरण अभियान सञ्चालन भएको कांग्रेस हुम्लाले बताएको छ ।

नेपाल दलित संघ हुम्लाको संगठन सुदृढिकरण अभियान निर्वाचन क्षेत्र नम्बर (१) एक बाट हुने भएको जिल्ला पार्टी उपसभापती बसन्त रोकायाले बताउनुभयो । निर्वाचन क्षेत्र नम्बर (क) मा नेपाल दलित संघ हुम्लाका सचिव मेगराज परियारको नेतृत्वमा संगठन सुदृढीकरणका लागि खटाइएको उपसभापति रोकायाले बताउनुभयो । उनिहरुले दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकामा आफ्नो संगठन सुदृढीकरण अभियान सम्पन्न गरे पश्चात निर्वाचन क्षेत्र नम्बर (ख) माथिल्लो भेगमा रहेका सिमकोट,नाम्खा र खार्पुनाथ गाउँपालिकामा उक्त अभियान सञ्चालन गर्ने भएका छन् ।

नेपाल दलित संघ हुम्लाका अध्यक्ष जिल्ला बाहिर भएका कारण सचिव परियारको नेतृत्वमा दलित संघको टोलीलाई बिहिबार खटाउनुका साथै जिल्ला पार्टीले आवश्यक निदेर्शन समेत दिएको बताइएको छ । वि.पि चिन्तन प्रतिष्ठानमा विहिबार बिहान उनिहरुलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति हुम्लाका उपसभापति रोकाया, उपसभापति कैलाश भण्डारी, कृष्ण बोहरा लगायतले आवश्यक निदेर्शन दिएको जानकारी प्राप्त भएको छ ।

उक्त संगठनले सातवटै स्थानीय तहमा पुगेर आफ्नो संगठनमा स्थानीयहरुको समस्या पहिचान गरी टिपोट गरिएनुका साथै समस्याहरु सम्बन्धित निकायमा पुर्याइने समेत सचिव परियारले बताउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै