नेभिगेशन
राजनीति

नेपाल दलित संघ हुम्लाले थाल्यो आफ्नो संगठन सुदृढीकरण अभियान

सिमकोट । नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ हुम्लाले आजदेखि जिल्लाभर आफ्नो संगठन सुदृढीकरण अभिायन थालेको छ । नेपाली कांग्रेसमा आवद्ध जिल्लाभरका दलितहरुको संगठन नेपाल दलित संघलाई थप सुदृढ र शसक्त बनाउनका लागि आजदेखि उक्त संगठन सृदृढिकरण अभियान सञ्चालन भएको कांग्रेस हुम्लाले बताएको छ ।

नेपाल दलित संघ हुम्लाको संगठन सुदृढिकरण अभियान निर्वाचन क्षेत्र नम्बर (१) एक बाट हुने भएको जिल्ला पार्टी उपसभापती बसन्त रोकायाले बताउनुभयो । निर्वाचन क्षेत्र नम्बर (क) मा नेपाल दलित संघ हुम्लाका सचिव मेगराज परियारको नेतृत्वमा संगठन सुदृढीकरणका लागि खटाइएको उपसभापति रोकायाले बताउनुभयो । उनिहरुले दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकामा आफ्नो संगठन सुदृढीकरण अभियान सम्पन्न गरे पश्चात निर्वाचन क्षेत्र नम्बर (ख) माथिल्लो भेगमा रहेका सिमकोट,नाम्खा र खार्पुनाथ गाउँपालिकामा उक्त अभियान सञ्चालन गर्ने भएका छन् ।

नेपाल दलित संघ हुम्लाका अध्यक्ष जिल्ला बाहिर भएका कारण सचिव परियारको नेतृत्वमा दलित संघको टोलीलाई बिहिबार खटाउनुका साथै जिल्ला पार्टीले आवश्यक निदेर्शन समेत दिएको बताइएको छ । वि.पि चिन्तन प्रतिष्ठानमा विहिबार बिहान उनिहरुलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति हुम्लाका उपसभापति रोकाया, उपसभापति कैलाश भण्डारी, कृष्ण बोहरा लगायतले आवश्यक निदेर्शन दिएको जानकारी प्राप्त भएको छ ।

उक्त संगठनले सातवटै स्थानीय तहमा पुगेर आफ्नो संगठनमा स्थानीयहरुको समस्या पहिचान गरी टिपोट गरिएनुका साथै समस्याहरु सम्बन्धित निकायमा पुर्याइने समेत सचिव परियारले बताउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेकपा एमाले हुम्लाको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु

नेकपा एमाले हुम्लाको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु

नेकपा एमाले हुम्लाकोे ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम आजबाट सुरु भएको छ । मंसिर २७–२९ गतेमा काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न...
जेन जी समूह र प्रधानसेनापतिबीच राति वार्ता, यस्ता छन्, छलफलका एजेण्डा 

जेन जी समूह र प्रधानसेनापतिबीच राति वार्ता, यस्ता छन्, छलफलका एजेण्डा 

प्रधानसेनापतिसँगको छलफलपछि मागसहित कसरी र कोको सहभागी हुने विषयमा अहिले गृहकार्य गरिरहेको काठमाण्डू स्थित संयोजक पुरुषोत्तम यादवले बताए ।
जेन–जी पुस्ताको आन्दोलन, एलटपुलट व्यवस्थाः उथलपुथल देश 

जेन–जी पुस्ताको आन्दोलन, एलटपुलट व्यवस्थाः उथलपुथल देश 

देश शून्य अर्थात् राज्यविहीनताकै अवस्थामा पुगेको छ । नेपाली सेनाबाहेकका सबै सुरक्षा निकाय, राज्यका सबै संवैधानिक अंग र निकायहरू जिम्मेवारी पूरा गर्न नसक्ने अवस्थामा पुगेका छन् ।