नेभिगेशन
खेलकुद

गोप्का गाउँमा भलिवल खेलको आयोजना हुँदै

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर १ गोप्का गाउँमा अनन्तय पूर्णिमा मेलाको अवसर पारी ठूलो राशीको भलिवल आयोजना हुने भएको छ । तेस्रो अनन्तय पूर्णिमाको अवसरपारी गुरा सामुदायिक युवा क्लबले भलिबल रनिङ्ग शिल्ड प्रतियोगीताको आयोजना गर्न लागेको हो ।

खार्पुनाथ गाउँपालिका स्तरीय भलिबल खेलको आयोजना हुने भएकाले वडा १ देखि ५ सम्मका खेलाडीले भदौ २६ गते बेलुका ६ बजेसम्म आफ्नो टिम दर्ता गराउन गुरा सामुदायिक वनका अध्यक्ष कशम बुढाले जानकारी दिनुभयो । भदौ २७ र २८ गते दुई दिन भलिबल खेलको आयोजना हुने भएको हो । यस्तै हुने टिमलाई पुरस्कार राशी रु पचास हजार र द्धिर्तीय हुने टिमलाई पच्चिस हजार पुरस्कार रहेको उक्त क्लबका अध्यक्ष बुढाले बताउनुभयो । टिम दर्ता रु आठ हजार लाग्ने भएको जानकारी प्राप्त भएको छ । 

यसैगरी नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य तथा हुम्लाका युवा नेता खेम खड्काले आफ्नो गाउँमा यति ठूलो राशीको खेलकुद आयोजना हुनु राम्रो रहेको बताउनुभयो । आफ्नो गाउँ ठाउँका लागि युवा शक्ति सहित सबैको लागी लागि पर्ने खड्काले बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
राष्ट्यि ब्याडमिन्टन खेलका लागि हुम्लाका लामा छनोट

राष्ट्यि ब्याडमिन्टन खेलका लागि हुम्लाका लामा छनोट

हुम्लाबाट कर्णाली प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगिताका लागि दुई जना खेलाडी मध्ये सिमकोट गाउँपालिका वडा नम्बर १ जोदामका हिमाल लामा ब्याडमिन्टन खेलमा छनोट हुन भएको छ ।
खार्पुनाथले उचाल्यो १६ औं राष्ट्रपति नरिङ शिल्डको उपाधी 

खार्पुनाथले उचाल्यो १६ औं राष्ट्रपति नरिङ शिल्डको उपाधी 

प्रतियोगितामा सञ्चालन भएका १३ विधाका खेलहरुमा ८ वटा स्वर्ण पदक बिजेता खार्पुनाथ गाउँपालिकाले यस वर्षको राष्ट्रपति नरिङशिल्ड बिजेता बनेको प्रतियोगिताका प्रमुख रेफ्री बाँचबहादुर रावतले जानकारी दिए । 
बिरोधकै बीच १६ औं राष्ट्रपति नरिङ शिल्ड सम्पन्नः कसरी भयो विवाद ?

बिरोधकै बीच १६ औं राष्ट्रपति नरिङ शिल्ड सम्पन्नः कसरी भयो विवाद ?

प्रतियोगितामा ८ अंक प्राप्त गरेको खार्पुनाथ गाउँपालकालाई शिल्डसहित बिजेता घोषणा गरेर पुरस्कार वितरणको तयारी गरेपछि ७ अंक प्राप्त गरको सर्केगाड गाउँपालिकाका खेलाडीहरुले बिरोध जनाएको प्रतियोगिताका प्रमुख रेफ्री बाँचबहादुर...
जिल्ला स्तरीय खुल्ला ब्याटमिन्ट प्रतियोगिता सिमकोटमा शुरू 

जिल्ला स्तरीय खुल्ला ब्याटमिन्ट प्रतियोगिता सिमकोटमा शुरू 

खेलको सम्पुर्ण तयारी कार्य पुरापछि बुधबार उद्घाटन संगै विहानी सिफ्टमा तीनवटा ग्यामलाई खेलाइएको थियो । जसमा डबल खेल भिड्नका लागि १५ वटा टिमले टिम दर्ता गराएका थिए भने...
भर्खरै