नेभिगेशन
खार्पुनाथ

कर्णाली नदिमा जिप खस्यो, सबै वेपताः, उद्धार कार्य जारी

असार ३, सिमकोट । हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को बेडबिसौना र कैलेवालुको खण्डमा महेन्द्र बोलेरो गाडी दुर्घटना भएको छ ।

लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिकास्थित यांचुमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। प्रहरीका अनुसार जीप कर्णाली नदीमा बेपत्ता भएको छ। हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जीपको खोजी भइरहेको जानकारी दिए।

आज मध्यन्न साढे बाह्र बजे दुर्घटना भएको उक्त गाडी कर्णाली नदीमा बेपत्ता भएको याक्चु प्रहरी लाई उद्धीतगर्दे साहयक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिए । उनका अनुशार सिमकोट देखि खार्पुनाथ गाउँपालिकाको केन्द्र यांचुतर्फ जाँदै गरेको उक्त गाडी कर्णाली नदीमा खसेको हो ।

खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु शाही हमाल सहित १६ जना सवार भएपनि सबैको अवस्था अँझै वेपत्ता छ ।

बेपत्ता हुनेमा खार्पुनाथकी उपाध्यक्ष सहित आठ जना परेको प्रारम्भीक अनुमान

कर्णाली नदीमा खसेको गाडीमा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमाल सहित आठ जनाको प्रारम्भीक आसंका गरिएको छ । घटना स्थलमा भएका पत्रकार राजन रावतका अनुशार दुर्घटना भएको गाढीमा उपाध्यक्ष सिन्दु शाही सहित चन्द्र हमाल, ड्र्राईभर मणी शाही, वसन्ती शाही, नन्ददेवी सिंह, ढुकु भण्डारी लगायतका रहेका सवार थिए । गाडीमा सवारको संख्या एकिन नभएकाले को कती दुर्घटनामा परको भन्ने एकिन विवरण नभएको बताइएको छ ।

उद्धारमा चार हेलिकप्टर

हुम्ला कर्णालीमा दुर्घटना भएको गाडीको उद्धारका लागि जिल्ला सदरमुकाम सिमकोट देखि चार हेलिकप्टर खटिएका छन् । गाडी दुर्घटना भएको खबर आगउने बित्तिकै सिमकोटमा भएका सिम्रीक एयर, समिट एयरका दुईदुई गरेर चार हेलिकप्टरले नेपाली सेना र नेपाल प्रहरीको उद्धार टोलीलाई घटनास्थलतर्फ गएको सहायक प्रमूख जिल्ला अधिकारी पोखरेलले बताए ।

उनका अनुशार अपरान्ह १ बजेदेखि उद्धारका लागि खटिएको भएपनि अहिले गाडी र यात्रुको कुनै प्रमाण फेला परेको छैन् । कर्णाली नदीमा पानीको बहाब बढेकाले पनि उद्धारमा समस्या भएको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

वडा अध्यक्ष जयबहादुर शाहीका अनुसार लालि गाउँका रामचन्द्र रावलका अन्दाजी १४ वर्षको छोरा प्रशान्त रावल र बिर्ख शाहीकी अन्दाजी १३ वर्षकी छोरी अनु शाही बेपत्ता भएका हुन् ।
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...
भर्खरै