नेभिगेशन
खार्पुनाथ

जिप दुर्घटनाको शोकमा असार १५ गते गाउँपालिकामा सार्वजनिक बिदा

असार ५, सिमकोट । खार्पुनाथ गाउँपालिका ५ को बेडुबिसौनाको कर्णाली नदीमा दुर्घटना भएको लु १ ज ७१६६ नम्बरको जीपमा परी बेपत्ता भएका खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही लगायत ११ जनाको शोकमा खार्पुनाथ गाउँपालिकाले असार १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

दुर्घटनामा बेपत्ता भएके यात्रु र जीपको कुनै पत्ता नलागेपछि बुधबार अपरान्ह बसेको खार्पुनाथ गाउँपालिकाको कार्यपालिकाको आकष्मिक बैठकले उक्त निर्णय गरेको हो । कार्यपालिकाको बैठक पछि पालिका अध्यक्ष कर्ण रावल र प्रमूख कार्यकारी अधिकृत चन्द्रविर शाहीद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । कार्यपालिकाको बैठकले असार १५ मा पालिकाले कुनैपनि औपचारिक कार्यक्रम गर्नेछैन् गाउँपालिका अध्यक्ष कर्ण रावलले भने, जीप दुर्घटनामा परी बेपत्ता भएका उपाध्यक्ष सिन्धु हमाल शाही सहितका १० जनाकै घर परिवारलाई क्रिया खर्चको लागी गाउँपालीकाले १० हजार रुपैया दिने निर्णय गरेका छौं ।”

जीप दुर्घटना भएको १० मिनेटमै खोजि कार्यमा संलग्न भएको बताएका अध्यक्ष रावलले कर्णालीको बहाव बढेका कारण खोजि कार्यले सफलता नपाएको प्रचितक्रिया दिए । उनका अनुशार बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले शोक प्रस्ताव पारित गर्दै असार १५ गते पालिका भित्र रहेका सरकारी, गैरसरकारी कार्यालय र विद्यालय बिदा दिने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
हिल्सा नौधारा आधारभुत विद्यालयको ताला ५ दिनपछि खुल्यो

हिल्सा नौधारा आधारभुत विद्यालयको ताला ५ दिनपछि खुल्यो

विद्यार्थीको दिवा खाजाको रकम र छात्रवृतिको रकम विद्यालयका प्रध्यानध्यापक र भुतपुर्व विद्यालय व्यवस्थापनका अध्यक्षको मिलोमतोमा हिनामिना गरेको आरोपसहित विद्यालयमा तालाबन्दी गरिएको थियो । 
खार्पुनाथ गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थाको अनुगमन

खार्पुनाथ गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थाको अनुगमन

खार्पुनाथ गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ । खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाभित्र रहेका पाँच वटै वडाका स्वास्थ्य संस्थाहरूको अनुगमन आईतबारबाट सुरु भएको हो ।
हुम्लामा मनाइयो माघी पर्व

हुम्लामा मनाइयो माघी पर्व