नेभिगेशन
खार्पुनाथ

जिप दुर्घटनाको शोकमा असार १५ गते गाउँपालिकामा सार्वजनिक बिदा

असार ५, सिमकोट । खार्पुनाथ गाउँपालिका ५ को बेडुबिसौनाको कर्णाली नदीमा दुर्घटना भएको लु १ ज ७१६६ नम्बरको जीपमा परी बेपत्ता भएका खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही लगायत ११ जनाको शोकमा खार्पुनाथ गाउँपालिकाले असार १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

दुर्घटनामा बेपत्ता भएके यात्रु र जीपको कुनै पत्ता नलागेपछि बुधबार अपरान्ह बसेको खार्पुनाथ गाउँपालिकाको कार्यपालिकाको आकष्मिक बैठकले उक्त निर्णय गरेको हो । कार्यपालिकाको बैठक पछि पालिका अध्यक्ष कर्ण रावल र प्रमूख कार्यकारी अधिकृत चन्द्रविर शाहीद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । कार्यपालिकाको बैठकले असार १५ मा पालिकाले कुनैपनि औपचारिक कार्यक्रम गर्नेछैन् गाउँपालिका अध्यक्ष कर्ण रावलले भने, जीप दुर्घटनामा परी बेपत्ता भएका उपाध्यक्ष सिन्धु हमाल शाही सहितका १० जनाकै घर परिवारलाई क्रिया खर्चको लागी गाउँपालीकाले १० हजार रुपैया दिने निर्णय गरेका छौं ।”

जीप दुर्घटना भएको १० मिनेटमै खोजि कार्यमा संलग्न भएको बताएका अध्यक्ष रावलले कर्णालीको बहाव बढेका कारण खोजि कार्यले सफलता नपाएको प्रचितक्रिया दिए । उनका अनुशार बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले शोक प्रस्ताव पारित गर्दै असार १५ गते पालिका भित्र रहेका सरकारी, गैरसरकारी कार्यालय र विद्यालय बिदा दिने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...
खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर–५ याङचुस्थित जोगराज आधारभूत विद्यालयको दुई कोठे नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । खार्पुनाथ गाउँपालिकाको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण गरिएको...
खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

जिल्लाको खार्पुनाथ गाउपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका पाँचवटै वडामा जन्मदेखि २३ महिनामुनिका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सम्पूर्ण खोप प्राप्त गरेपछि...
भर्खरै