नेभिगेशन
राजनीति

उम्मेदवार टुङ्ग्याउने तीब्र तयारीमा हुम्लाका राजनितिक दल

सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाको उपध्यक्ष पदका लागि हुन लागेको उपनिवार्चमा जिल्ला स्थित राजनितिक दलहरु उम्मेदवार छनौटको तीब्र तयारीमा जुटेका छन् । 

   तिहार सकिए लगत्तै दलहरुले आ–आफ्नो बलियो उम्मेदवार छनौट गर्ने तयारीमा छन् । उपनिर्वाचनमा उपाध्यक्ष पद आफ्नो निर्वाचीत कसरी गर्न सकिन्छ भनेर बलियो उम्मेदवार छनोटमा लागि परेका छन् । हुम्लामा रहेका तीन ठूला दल नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एमालले कसरी उपाध्यक्ष आफ्नो सुनिश्चित गर्न सकिन्छ भन्ने तर्फ जुटेका छन् । जिल्ला स्थित विभिन्न राजनितिक दलहरुले उपाध्यक्ष पदका लागि एक, दुई दिनमा आफ्नो उम्मेदवार टुङ्ग्याउने तयारी रहेको बताएका छन् । 

  नेकपा माओवादी केन्द्र हुम्लाले २३ गते शुक्रबारसम्म आफ्नो उम्मेदवारको टुङलो लाग्ने जिल्ला पार्टी सचिव धर्मराज बोहराले बताउनुभयो । उम्मेदवार टुङ्ग्याउनका लागि आफ्नो टोली विहिबार सर्केगाड जान लागेको नेकपा माओवादी केन्द्रका जिल्ला पार्टी सचिव बोहराले बताउनुभयो । 

   यस्तै नेकपा एमाले हुम्लाले पनि केही दिनमा आफ्नो उम्मेदवार टुङ्ग्याउने जनाएको छ । उम्मेदवारको टुङगो लगाउनका लागि नेकपा एमालेले हुम्लाको सर्केगाडमा बैठकका लागि विभिन्न नेताहरुको टोली विहिबार नै सर्केगाडमा जान लागेको बताइएको छ । 

   यस्तै नेपाली कांग्रेस हुम्लाले पनि केही दिनमा आफ्नो उम्मेदवारको नाम टुङ्ग्याउने भएको बताइएको छ । त्यस्तै राप्रपाले आफ्नो उम्मेदवारको नाम जिल्लाबाट यसअघि नै केन्द्रमा सिफारिस गरि सकेको छ भने रास्वपाले पनि उपनिर्वाचनमा आफ्नो उम्मेदवारी दिने तयारी गरि रहेको छ । 

   उपनिर्वाचनमा मुख्यगरि पाँच दलहरुले उम्मेदवारी दिने तयारी गरेको भएपनि नेपाली काँग्रेस, माओवादी केन्द्र र एमालेबिच नै प्रतिश्प्रर्धा हुने देखिएको छ ।

    आगामी मंसीर १६ गते उपाध्यक्ष पदका सर्केगार्ड गाउँपालिकामा उपनिर्वाचन हुँदै छ । यसअघि २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन हुँदा अध्यक्ष पदमा नेपाली काँगे्रसको उम्मेदवार ठानबहादुर रोकाया र उपाध्यक्ष पदमा माओवादी केन्द्रका चन्द्रसिंह कार्की निर्वाचित भएका थिए । उपाध्यक्ष कार्कीको यसअघि सुर्खेतबाट नेपालगंज जाने क्रममा सडक दुर्घटनमा परि मृत्यु भएको थियो । उहाँको मृत्युपछि सर्केगाड गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । जिल्ला स्थित विभिन्न राजनितिक दलहरुले उम्मेदवारको नाम टुंग्याएपछि चुनावी अभियान थाल्ने तयारी रहेको बताएका छन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै