नेभिगेशन
समाज

रसुवाको बाढीपछि हुम्लाका दुई जना सम्पर्कविहीन


सिमकोट ।    रसुवाको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार बिहान भोटेकोसी नदीमा आएको ठूलो बाढीपछि हुम्लाका दुई जना सम्पर्कविहीन भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका–१, गोप्का निवासी अनिता रावत र उनका श्रीमान जनक बुढा रसुवाको टिमुरे क्षेत्रमा बस्दै आएका थिए । उनीहरू रसुवामा ज्याला मजदुरी गर्दै आएको उनका आफन्त सिमकोटका भिम रोकायाले बताउनु भयो । 


बुधबार बिहान भोटेकोसी नदीमा आएको ठूलो बाढीले टिमुरे, रसुवागढी तथा स्याफ्रुबेँसी आसपासका क्षेत्रमा क्षति र्पुयाएको खबर सार्वजनिक भएपछि उनीहरूका आफन्तमा चिन्ता बढेको हो ।  बाढी आएको समयदेखि नै अनिता रावत र जनक बुढासँग सम्पर्क हुन नसकेको आफन्त रोकायाले बताउनु भयो । 
उनीहरूको मोबाइलमा सम्पर्क गर्दा फोन बन्द रहेको बताइएको छ । बाढीपछि उनीहरू कहाँ छन् भन्नेबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन नसकेको परिवारजनको भनाइ छ । हुम्ला घर भई रसुवाको टिमुरे तथा आसपासका क्षेत्रमा ज्याला मजदुरी गर्दै आएका अन्य केही व्यक्तिसमेत रहेको बताइए पनि उनीहरूको सम्पर्क नम्बर तथा अवस्थाबारे तत्काल जानकारी प्राप्त हुन सकेको छैन । 


सिमकोट गाउँपालिकाका भीम रोकायाका अनुसार बाढीको खबरपछि हुम्लाका आफन्तहरूले टिमुरे क्षेत्रमा रहेका आफ्ना परिवारका सदस्यहरूको अवस्थाबारे जानकारी लिन खोजिरहेका छन् तर निरन्तरको प्रयासका बाबजुद सम्पर्क हुन नसक्दा आफन्तहरू थप चिन्तित बनेका छन् । बाढीबाट रसुवाको उत्तरी क्षेत्रमा ठूलो क्षति पुगेको खबरसँगै स्थानीय प्रशासन तथा सुरक्षा निकायले उद्धार र खोजी कार्य अघि बढाइरहेका छन् सम्पर्कविहीन भनिएका हुम्लाका नागरिकको अवस्थाबारे पनि सम्बन्धित निकायमार्फत तत्काल खोजी तथा आवश्यक समन्वय गरिदिन परिवारजनले आग्रह गरेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
साउने पूर्णिमाको अवसरमा सिमकोट बजार सरसफाइ अभियान सञ्चालन

साउने पूर्णिमाको अवसरमा सिमकोट बजार सरसफाइ अभियान सञ्चालन

 सिमकोट गाउँपालिकाको आयोजनामा साउने पूर्णिमाको अवसर पारेर हुम्लाको सदरमुकाम सिमकोट बजार सहित तल्लो गाउँ र माथिल्लो गाउँमा शनिबार बिहान सरसफाइ अभियान सञ्चालन गरिएको छ । सिमकोटलाई स्वच्छ, सफा...
साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

हुम्लाको सदरमुकाम सिमकोटमा मनाइने स्थानीय पर्व साउने पूर्णिमा तथा जनैपूर्णिमालाई व्यवस्थित, सभ्य र सुरक्षित बनाउन शान्ति सुरक्षा तथा सरसफाइका गतिविधि कडा पारिने भएको छ । सिमकोट गाउँपालिकाको आयोजनामा...
कर्णाली नदीमा बेपक्ता भएका बालबालिकाको स्थानिय परम्परा अनुसार दाहसंस्कार

कर्णाली नदीमा बेपक्ता भएका बालबालिकाको स्थानिय परम्परा अनुसार दाहसंस्कार

बिहीबार खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ सुनाखाडामा कर्णाली नदीमा बेपक्ता भएका बृषबहादुर शाहीकी करिब ११ वर्षीया छोरी अनु शाही र रामचन्द्र रावलका करिब १२ वर्षीय छोरा प्रशान्त रावलको...
अदानचुली जोड्ने सडकमा ढुङ्गा लागेर कामदारको मृत्युः ठेकदार कम्पनीद्धारा दश लाख दिने सहमती 

अदानचुली जोड्ने सडकमा ढुङ्गा लागेर कामदारको मृत्युः ठेकदार कम्पनीद्धारा दश लाख दिने सहमती 

  सडक निर्माणको काम गर्ने क्रममा माथिबाट ढुङ्गा खसेर टाउकोमा लाग्दा घाईते भएका अदानचुली गाउँपालिका– २ का बुढावाडाका ४८ वर्षिय हिर बुढाको मृत्यु भएको छ । बुधबार अदानचुलीकै थलाहाल्नाको...
भर्खरै