नेभिगेशन
खेलकुद
पहिलो पटक हक्की खेल

हुम्लामा पहिलो पटक हक्की खेल, भोली फाइनल हुँदै 

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा पहिलो पटक जिल्ला स्तरीय हक्की प्रतियोगिता मंगलबारबाट सञ्चालन भएको छ । सिमकोट तल्लो बजारमा रहेको सिमसार क्षेत्रमा आजबाट हक्की खेल सञ्चालन भएको हो । आजबाट सुरु भएको खेलमा जिल्लास्थित विभिन्न विद्यालयका आठ टिमले सहभागीता जनाएका थिए । चारवटा महिला र चारवटा पुरुष टिमले हक्की खेलका लागी सहभागीता जनाएको जानकारी प्राप्त भएको छ । उद्घाटनको पहिलो खेलमा महिला भएको थियो । आजबाट सुरु भएको फाईभ एक साईट हक्की प्रतियोगिता भोली फाइनल भएर सम्पन्न हुने भएको छ । 

जिल्लामा हक्की खेल प्रतियोगिता सञ्चालन गर्नुको कारण दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता छनोटका लागि खेल हुम्ला जिल्लामा भएको हो । यसै खेलबाट कर्णाली प्रदेशको टिम पनि छनौट हुने बताइएको छ । आजै भएको खेलमा पुरुष तर्फ रानी शैना हक्की क्लब, चंखेली हिमाल क्लब फाइनमा पुगेको हक्की संघ हुम्लाका अध्यक्ष रामजन रावतले बताउनुभयो । यस्तै महिला तर्फ मानसरोवर हक्की र रलिङ्ग हक्की क्लब फाइनलमा पुगेको अध्यक्ष रावतले जानकारी दिनुभयो ।  

मंगलबार भएको खेलमा तेस्रोका लागि पञ्चमुखी हक्की क्लब र रानी शैना हक्की क्लब विच प्रतिस्पर्दा भएको थियो । भने पुरुष तर्फ तृतियाका लागि चंखेली हिमाल क्लब, मानसरोवर हक्की, क्लब विच प्रतिस्पर्धा भएको हो । भोली फाइनल खेल हुने भएको अध्यक्ष रावतले बताउनुभयो । एक टिमबाट पाँच जना खेलाडी उक्त खेलमा सहभागीता जनाएर यो खेल खेलिने गरेको बताइएको छ । उक्त खेलमा प्रथम, दृतिया, तृतिया र शान्तना हुने टिमलाई शिल्ड, प्रमाण पत्रको व्यवस्था रहेको उहाँले बताउनुभयो । 

हक्की संघ हुम्लाका अध्यक्ष रामजन रावतको अध्यक्षतामा र सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डाररुी (प्रतिरोध)को प्रमुख आथित्यमा अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहको विशेष आथित्यमा हक्की खेल उद्घाटन भएको हो । आजबाट सुरु भएको उद्घाटन खेलमा प्रमु जिल्ला अधिकारी विनोद कुमार पोखरलेल, सिमकोट गाउँपालिका उपाध्यक्ष सुशिला रोकाया (भाम), नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकाया लगायतको उपस्थित रहेको थियो । भने यस्तै विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख लगायतका सहभागीता रहेको हक्की संघ हुम्लाका अध्यक्ष राजन रावतले बताउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मानसरोवर नमुना माध्यामिक विद्यालयलाई 

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मानसरोवर नमुना माध्यामिक विद्यालयलाई 

प्रथम हुने विद्यालयलाई रु १५ हजार, दोस्रो रु १२ हजार, र तेस्रो हुने विद्यालयलाई रु ९ हजार पुरस्कार सहित विभिन्न शिल्ड, प्रमाणपत्र, मेडल वितरण गरिएको छ । भलिवल...
काभा वुमन्स भलिबलमा भारतसँग पराजित 

काभा वुमन्स भलिबलमा भारतसँग पराजित 

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी खेलमा नेपाललाई ३/२ सेटले पराजित गर्दै भारतले काभा भलिबलको उपाधि जितेको हो । पाचौं सेटमा भारतले १५/५ ले जित निकाल्यो ।