नेभिगेशन
राजनीति

निराशा र विद्वेष फैलाउने प्रवृत्तिविरुद्ध एकजुट हुन कार्यकर्तालाई एमाले सचिवालयको निर्देशन

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले समाजमा वैरभाव र निराशा फैल्याउने प्रवृत्ति बढिरहेको निष्कर्षसहित त्यसविरुद्ध एकजुट हुन पार्टी पंक्तिलाई आव्हान गरेको छ ।

पार्टी मुख्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले देश बन्छ भन्ने आत्मविश्वासका साथ लोकतन्त्र गणतन्त्र संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन आव्हान गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

बैठकको निर्णय सुनाउँदै ज्ञवालीले पत्रकारमाझ भने, ‘समाजमा निराशा, हतास मनस्थिति, नकारात्मकता, विद्वेष फैलाउने प्रवृत्ति छिटफुट देखापरेका छन् । त्यो गलत छन् । देश बनिरहेको छ भन्ने सकारात्मक सन्देश, देश बन्छ भन्ने आत्मविश्वास साथै लोकतन्त्र गणतन्त्र संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई आव्हान गरेका छौं ।’

प्रकोप र त्यसबाट उत्पन्न परिस्थितिको सामना सरकारले आफ्नो सामर्थ्यले भ्याएसम्म गरेको उनको भनाइ छ । विपत्तिको भोल्यूम र सरकारको सामर्थ्यको बीचमा जहिल्ये पनि ग्याप हुने भन्दै उपमहासचिव ज्ञवालीले भने, ‘यतिबेलै अमेरिकाको फ्लोरिडा हरिक्यानबाट आक्रान्त छ । अमेरिका साधन स्रोतसम्पन्न देश हो त्यहाँ पनि कमीकमजोरी रहेको सुनिन्छ । हामीले वस्तुनिष्ठ ढंगले हेर्ने हो सरकारले इमान्दारपूर्वक काम गर्‍यो गरेन, सरकारका निकाय परिचालित भएरभएनन् भन्ने मुख्य कुरा हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र, जनप्रतिनिधि, कर्मचारी, दलका कार्यकर्ता आफ्नो सामर्थ्यले खटेकै देखिनुहुन्छ ।’

सचिवालय बैठकले बाढीपहिरोबाट प्रभावितको पुनस्स्थापना, राहत र खोजी बाँकी भएकाले सम्पूर्ण जनसंगठन, कार्यकर्ता र जनप्रतिनिधिलाई स्वयंसेवी भूमिकासहित सहयोगमा निरन्तर लागिरहन आव्हान पनि गरेको छ ।

मंसिर १६ को स्थानीय तह उपचुनावका लागि सम्भावित उम्मेदवारसहित कात्तिक २२ सम्म तल्ला कमिटीहरूले आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाइसक्न आव्हान गरिएको छ । रिक्त ठाउँमा एमालेको विजय सुनिश्चित गराउन तयारीका लागि पनि सचिवालय बैठकले आव्हान गरेका छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी

प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा जटिल कार्कीको एकल उम्मेदवारी

प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) हुम्लाबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्केगाड गाउँपालिका वडा नम्बर ३ उनापानीका जटिल कार्कीले एकल उम्मेद्धारी दिनुभएका छन ।
प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

प्रतिनिधिसभामा हुम्लाबाट दुई दल र सौमतीको नाम सिफारिस 

मंगलबार जिल्लाका सबै नेता तथा कार्यकर्ताहरुको भर्चुअल बैठक आयोजना गरेको एमालेले सहमती नजुटेपछि २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेबाट निर्वाचन लडेका दल रावल, प्रदेशसभा निर्वाचन १ बाट उम्मेरदवार...
एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

एमाले हुम्लाको अनलाइन बैठक सम्पन्न

अध्यक्ष वुमीका अनुसार पार्टी केन्द्रको सर्कुलर अनुशार यहि पुष २२ गते सम्म एक महिला र दुई पुरुष गरेर तिनजनाको नाम सिफारिस गर्न गरेको निर्देशन अनुसार आयोजना गरेको अनलाइन...
भर्खरै