नेभिगेशन
राजनीति

निराशा र विद्वेष फैलाउने प्रवृत्तिविरुद्ध एकजुट हुन कार्यकर्तालाई एमाले सचिवालयको निर्देशन

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले समाजमा वैरभाव र निराशा फैल्याउने प्रवृत्ति बढिरहेको निष्कर्षसहित त्यसविरुद्ध एकजुट हुन पार्टी पंक्तिलाई आव्हान गरेको छ ।

पार्टी मुख्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले देश बन्छ भन्ने आत्मविश्वासका साथ लोकतन्त्र गणतन्त्र संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन आव्हान गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

बैठकको निर्णय सुनाउँदै ज्ञवालीले पत्रकारमाझ भने, ‘समाजमा निराशा, हतास मनस्थिति, नकारात्मकता, विद्वेष फैलाउने प्रवृत्ति छिटफुट देखापरेका छन् । त्यो गलत छन् । देश बनिरहेको छ भन्ने सकारात्मक सन्देश, देश बन्छ भन्ने आत्मविश्वास साथै लोकतन्त्र गणतन्त्र संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई आव्हान गरेका छौं ।’

प्रकोप र त्यसबाट उत्पन्न परिस्थितिको सामना सरकारले आफ्नो सामर्थ्यले भ्याएसम्म गरेको उनको भनाइ छ । विपत्तिको भोल्यूम र सरकारको सामर्थ्यको बीचमा जहिल्ये पनि ग्याप हुने भन्दै उपमहासचिव ज्ञवालीले भने, ‘यतिबेलै अमेरिकाको फ्लोरिडा हरिक्यानबाट आक्रान्त छ । अमेरिका साधन स्रोतसम्पन्न देश हो त्यहाँ पनि कमीकमजोरी रहेको सुनिन्छ । हामीले वस्तुनिष्ठ ढंगले हेर्ने हो सरकारले इमान्दारपूर्वक काम गर्‍यो गरेन, सरकारका निकाय परिचालित भएरभएनन् भन्ने मुख्य कुरा हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र, जनप्रतिनिधि, कर्मचारी, दलका कार्यकर्ता आफ्नो सामर्थ्यले खटेकै देखिनुहुन्छ ।’

सचिवालय बैठकले बाढीपहिरोबाट प्रभावितको पुनस्स्थापना, राहत र खोजी बाँकी भएकाले सम्पूर्ण जनसंगठन, कार्यकर्ता र जनप्रतिनिधिलाई स्वयंसेवी भूमिकासहित सहयोगमा निरन्तर लागिरहन आव्हान पनि गरेको छ ।

मंसिर १६ को स्थानीय तह उपचुनावका लागि सम्भावित उम्मेदवारसहित कात्तिक २२ सम्म तल्ला कमिटीहरूले आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाइसक्न आव्हान गरिएको छ । रिक्त ठाउँमा एमालेको विजय सुनिश्चित गराउन तयारीका लागि पनि सचिवालय बैठकले आव्हान गरेका छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै