नेभिगेशन
राजनीति

देशलाई निकास दिन कांग्रेससँग गठबन्धन भएको होः उपमहासचिव ज्ञवाली (भिडियो रिर्पोट)

सिमकोट । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेससँग गठबन्धन भएको बताउनुभयो । 

  उपमहासचिव ज्ञवालीले भन्नुभयो, देशमा अस्थिरता बढ्यो, भ्रष्टचार बढ्यो, अर्थतन्त्र सिथिल भयो, देश ठूलो संकट र निराशाबाट गुज्रिन थालेपछि एमाले र कांग्रेससँग सहकार्य भएर यो सरकार बनेको हो । अब यो सरकार आगामी चुनावसम्म टिक्के उहाँको भनाई थियो । यो सरकार बनेको देशलाई निकास दिनका लागि बनेको हो । सरकारका निम्ती सरकार बनेको होइन्, सिंहदरवारमा प्रधानमन्त्रीको फोटो थप्नका लागि होइन् । देश संकटमा परेपछि अब दुई वटा पार्टीले मिलेर निकास दिनुपर्छ भनेर सरकार बनेको बताउनुभयो । 

    कांग्रेस र एमाले दुई पार्टी देशका मूख्य प्रतिस्पर्धी शक्ति हुन् हुन् । २०४८ सालदेखि सातवटा चुनाव हुँदा एकपटक मात्रै माओवादी ठूलो पार्टी भएको छ । अरु बेला कि एमाले पहिलो, कि कांग्रेस पहिलो भएको हुनाले देशको मुख्य शक्ति भएर काम गर्नुका साथै प्रतिस्पर्धा दुई पार्टीमा भइरहेको उहाँको भनाई थियो ।  २०४७ सालदेखि यता विभिन्न संधिान संशोधन र त्यसयताका चुनावमा मिलेर गराउनुका साथै माओवादीलाई शान्ति प्रक्रियामा कांग्रेस एमालेले मिलेर सहमतीमा ल्याएको बताउनुभयो । 

    उहाँले पुन भन्नुभयो, “देशका मुख्य शक्ति एमाले कांग्रेस हो, अहले यो गठबन्धनपछि सकारात्मक लक्षण देखा परेका छन् । सेयर बजार बढेका छन् । अब देशमा केही हुन्छ भन्ने जनतामा विश्वास बढेको छ ।” सहकारीमा ठगिएका पिडितका लागि न्यायका पक्षमा कारबाही सुरु भएको छ, रोकिएका बिकास अगाडि बढेका छन् । अन्तर्राष्ट्रिय स्तरका सम्बन्ध सुदृढ भएको छ ।”

    सत्ताको मोह र मन्त्री फेरबदल, पदका लागि लोप गर्नेहरुलाई यो सरकारदेखि जलन भएको उपमहासचिव ज्ञवालीले बताउनुभयो । सरकारका बारेमा अहिले तमाम नकारात्मक भ्रमका कुरा फैलाइएको उहाँको भनाई थियो ।


   यस्तै उपमहासचिव ज्ञवालीले हुम्ला अपार सम्भावना बोकेको र सम्भावनाको खानीको जिल्ला भएको बताउनुभयो । यहाँको जडिबुटी, संस्कृतिले भरिपूर्ण भएको जिल्ला हो । विकासका हिसावले पछि परेको जिल्ला भएपनि २४ वर्षपछि आफु हुम्लामा पुग्दा धेरै परिवर्तन भएको बताउनुभयो । नेपाली भूमि लिमी लाप्चाबाटै आफुले मानसरोवर कैलाशको समेत दर्शन गर्नपाएको बताउनुभयो । हुम्लीको विकासका लागि कर्णाली कोरिडोर निर्माण सम्पन्न हुन जरुरी रहेको छ । यहाँका नागरीकका जीवनसँग जोडिएको छ । एमालेले हुम्लाको विकासका लागि सक्दो लागि पर्ने बताउनुभयो । 

   सदरमुकाम सिमकोट राष्ट्रिय सडकसँग जोडने खार्पुदोभानको कर्णाली नदीमा पक्की पुल बन्न समय लाग्ने भएकाले बेलीब्रिज पुन निर्माणका लागि आफ्नो पार्टी सरकारमा भएकाले कुरा राख्ने उहाँको भनाई थियो । खार्पुदोभानमा पुल नबन्दा अझै सिमकोट राष्ट्रिय सडकसँग जोडिन सकेको छैन् ।

    स्कुल विभाग हुम्लाले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमका लागि उपमहासचिव ज्ञवाली हुम्ला पुग्नुभएको हो । 
  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै