नेभिगेशन
राजनीति

जहाजको टिकट नपाइएपछि रविलाई काठमाडौँ ल्याउन अनिश्चित

काठमाडौं । सहकारी ठगीको अभियोगमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याउन जहाजको टिकट नपाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कास्की प्रहरी प्रवक्ता बसन्तकुमार शर्माका अनुसार लामिछानेलाई आज काठमाडौँ ल्याउने तयारी भए पनि जहाजको टिकट उपलब्ध हुन सकेको छैन।

पोखरामा बयान सकिएकाले लामिछानेलाई काठमाडौँ ल्याउन लागिएको प्रहरीको भनाइ छ। कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौँ ल्याउन लागिएको हो ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचतकर्ताको रकम हिनामिनाको विषयमा अनुसन्धान गर्न लामिछानेलाई काठमाडौँ ल्याउन लागिएको हो।

स्वर्णलक्ष्मीको बचत रकम हिनामिनाको विषयमा लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘आगामी पाँच वर्ष, एमाले हुम्लाले गर्छ’ लगायतका नारासहित नेकपा एमाले हुम्लाको प्रतिबद्धता–पत्र सार्वजनिक

‘आगामी पाँच वर्ष, एमाले हुम्लाले गर्छ’ लगायतका नारासहित नेकपा एमाले हुम्लाको प्रतिबद्धता–पत्र सार्वजनिक

नेकपा एमाले हुम्लाले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि विकास, सुशासन र समृद्धिलाई मुख्य एजेन्डा बनाएर प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । ‘आगामी पाँच वर्ष, एमाले हुम्लाले गर्छ’ लगायतका नारासहित...
एमाले हुम्लाले माघ १४ गते एकै साथ ४४ वटै वडाबाट प्रचार अभिायन शुरु गर्ने  

एमाले हुम्लाले माघ १४ गते एकै साथ ४४ वटै वडाबाट प्रचार अभिायन शुरु गर्ने  

आइतबार बसेको निर्वाचन परिचालन मूल कमिटीको बैठकले यहि माघ १४ गते जिल्लाका ४४ वटै वडाबाट एकै साथ प्रचार अभियान सञ्चालन गर्ने भएको हो । 
सिमकोटमा धमाधम उम्मेरदवार सम्पर्क कार्यालय स्थापना हुदैं, एकै दिन एमाले र नेकपाद्धारा कार्यालय उद्घाटन

सिमकोटमा धमाधम उम्मेरदवार सम्पर्क कार्यालय स्थापना हुदैं, एकै दिन एमाले र नेकपाद्धारा कार्यालय उद्घाटन

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन २०८२ को अन्तिम नामावली प्रकाशन पश्चात जिल्लाका दलहरु धमाधम चुनावी प्रचारका अभियान सञ्चालनमा केन्द्रीत देखिएका छन् । मुख्य निर्वाचन अधिकृतको...
मितेरी पार्टीका उम्मेरदवार शाहीद्धारा आप्mनो उम्मेरदारी फिर्ता एमालेलाई समर्थन गरेको भनाई

मितेरी पार्टीका उम्मेरदवार शाहीद्धारा आप्mनो उम्मेरदारी फिर्ता एमालेलाई समर्थन गरेको भनाई

नेकपा –एमालेका केन्द्रीय सदस्य तथा हुम्लाका निर्वाचन संयोजक दल रावल, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेरदवार गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य तथा प्रत्यक्ष उम्मेरदार दल फडेरा सहितको टोलीसँग मुख्य निर्वाचन...