नेभिगेशन
राजनीति

कीर्तिपुरमा नेकपा एसका मेयरको उम्मेदवारी निष्क्रिय माओवादीलाई समर्थन

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरका माओवादी उम्मेदवारलाई समर्थन गर्दै एकीकृत समाजवादीका उम्मेदवार पछाडि हटेका छन् ।

यसअघि पार्टी अध्यक्ष माधवकुमार नेपालले विज्ञप्ति जारी गर्दै माओवादी उम्मेदवार प्रा।डा। शिवशरण महर्जनलाई समर्थन गर्दै आफ्ना उम्मेदवार भानु रिजालको उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका थिए, तर रिजालसहित पार्टी पंक्तिले अध्यक्षको निर्देशन मानेन, घरदैलो कार्यक्रम जारी राखेको थियो ।

मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितको वार्तापछि एसका उम्मेदवार रिजालले माओवादी उम्मेदवार महर्जनको पक्षमा विज्ञप्ति जारी गरेका हुन् । एसका स्थानीय नेताले मेयरको उम्मेदवारी निष्क्रिय गर्दा वडा नम्बर ४ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारायण विष्ट पनि निष्क्रिय हुनुपर्ने माग गर्दै पार्टी अध्यक्षको घोषणा स्वीकार गरेको थिएन । त्यहाँ एसले रीता खड्कालाई वडाध्यक्ष उम्मेदवार बनाएको छ ।

मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई पार्टीका नेताबीच छलफल हुँदा प्रचण्डले आफूले निर्देशन दिँदा पनि वडाध्यक्षको उम्मेदवार विष्टले निष्क्रिय हुन नचाहेको बताए ।

‘पहिला वडाध्यक्ष छोड्ने नै कुरा थियो, पछि कम्युनिकेशन ग्याप भएर कमजोरी भयो’, वार्तामा प्रचण्डले भनेको कुरा उद्धृत गर्दै एकीकृत समाजवादी काठमाडौंका अध्यक्ष एलबी श्रेष्ठले बताए ।

‘दुई पार्टीको शीर्ष तहबाट निर्देशन भएपछि हामी त्यसलाई पालना गर्छौं’, श्रेष्ठले भने, ‘वडाध्यक्ष निष्क्रिय नपारेर माओवादीका साथीहरूले राम्रो गर्नुभएन ।’

मंगलबारको वार्तामा माओवादीका तर्फबाट प्रचण्डसहित अग्नि सापकोटा, नारायणकाजी श्रेष्ठ, हितमान शाक्य सहभागी थिए । एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रदेशसभा सदस्य रमा आले, जिल्ला अध्यक्ष श्रेष्ठ र युवा नेता नितेश पौडेल थिए ।

nekapa-es-kirtipur-1732625527.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘आगामी पाँच वर्ष, एमाले हुम्लाले गर्छ’ लगायतका नारासहित नेकपा एमाले हुम्लाको प्रतिबद्धता–पत्र सार्वजनिक

‘आगामी पाँच वर्ष, एमाले हुम्लाले गर्छ’ लगायतका नारासहित नेकपा एमाले हुम्लाको प्रतिबद्धता–पत्र सार्वजनिक

नेकपा एमाले हुम्लाले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि विकास, सुशासन र समृद्धिलाई मुख्य एजेन्डा बनाएर प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । ‘आगामी पाँच वर्ष, एमाले हुम्लाले गर्छ’ लगायतका नारासहित...
एमाले हुम्लाले माघ १४ गते एकै साथ ४४ वटै वडाबाट प्रचार अभिायन शुरु गर्ने  

एमाले हुम्लाले माघ १४ गते एकै साथ ४४ वटै वडाबाट प्रचार अभिायन शुरु गर्ने  

आइतबार बसेको निर्वाचन परिचालन मूल कमिटीको बैठकले यहि माघ १४ गते जिल्लाका ४४ वटै वडाबाट एकै साथ प्रचार अभियान सञ्चालन गर्ने भएको हो । 
सिमकोटमा धमाधम उम्मेरदवार सम्पर्क कार्यालय स्थापना हुदैं, एकै दिन एमाले र नेकपाद्धारा कार्यालय उद्घाटन

सिमकोटमा धमाधम उम्मेरदवार सम्पर्क कार्यालय स्थापना हुदैं, एकै दिन एमाले र नेकपाद्धारा कार्यालय उद्घाटन

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन २०८२ को अन्तिम नामावली प्रकाशन पश्चात जिल्लाका दलहरु धमाधम चुनावी प्रचारका अभियान सञ्चालनमा केन्द्रीत देखिएका छन् । मुख्य निर्वाचन अधिकृतको...
मितेरी पार्टीका उम्मेरदवार शाहीद्धारा आप्mनो उम्मेरदारी फिर्ता एमालेलाई समर्थन गरेको भनाई

मितेरी पार्टीका उम्मेरदवार शाहीद्धारा आप्mनो उम्मेरदारी फिर्ता एमालेलाई समर्थन गरेको भनाई

नेकपा –एमालेका केन्द्रीय सदस्य तथा हुम्लाका निर्वाचन संयोजक दल रावल, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेरदवार गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य तथा प्रत्यक्ष उम्मेरदार दल फडेरा सहितको टोलीसँग मुख्य निर्वाचन...