नेभिगेशन
अर्थ

निर्धन उत्थान लघुवित्त शाखाद्धारा मृतक रावतका परीवारलाई रु साठी हजार सहयोग

सिमकोट । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था सिमकोट शाखाले सिमकोट गाउँपालिका वडा नम्बर पाँच तल्लो गाउँका जयपुरी रावतको परिवारलाई रु साठी हजार सहयोग गरेको छ । रावत यस लिमीटेड संस्थाको कर्जा सदस्य हुनुका साथै श्रीमान ज्ञानेन्द्र राववतको निधन भएपछि ग्रामीण बिमा बापत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग स्वरु सहयोग गरिएको सोही संस्थाका तिलसरा विकले बताउनुभयो । कर्जा लिँदा श्रीमानको बिमा गर्ने भएको हुँदा सोही वापतको आर्थिक सहयोग गरिएको विकले बताउनुभयो । रावतको कात्तिक आठ गते मृत्युभएको थियो ।

मृतक रावतका परिवारले थोरै भएपनि केही राहत होस भन्ने हेतुले हयोग गरिएको जानकारी प्राप्त भएको छ । रु साठी हजार सहयोग वडाध्यक्ष चीन रावत र निर्धन उत्थान लघुवित्त वित्तिय संस्था सिमकोट शाखाका प्रमुख केशब न्यौपानेले संयुक्त हस्तान्तरण गर्नुभएको हो । निर्धनले यहाँ कर्जा सदस्यलाई पटक पटक यस्तै सहयोग गर्दै आएको बताइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
महाअष्टमीको अवसरमा हुम्लाका ६२ घरधुरीलाई खाद्यन्न वितरण (भिडियोसहित) 

महाअष्टमीको अवसरमा हुम्लाका ६२ घरधुरीलाई खाद्यन्न वितरण (भिडियोसहित) 

गएको फागुन महिनादेखि राम्रोसँग पानी नपरेका कारण खडेरीले भदौमा पाक्न् बाली नपाक्दा खाद्यन्न समस्या झेलिरहेका हुम्लाको अदानचुली १ कल्खेका ५२ घरधुरीलाई दशैको महाअष्टमीको अवसरमा चामल, तेल र सल...
भर्खरै