नेभिगेशन
समाज

चैत्र शुक्ल अष्टमी आज चैते दशैँ मनाइँदै

हुम्ला । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज हुल्ला जिल्लाको उत्तरी नाम्खा गाँउपालीका बाहेक  जिल्लाका छ वटै गाँउपालीको  गाँउ घरमा धुम धामका साथ नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाईएको छ । 
चैते दशैका अवसरमा आज बिहानैदेखि सदरमुकाम सिमकोट लगायत जिल्लाका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गरी मनाइएको जानकारी प्राप्त भएको छ । 
स्थानिय स्थरमा मनाइर्ने चैते दशै मनाउनको  लागि सेतो कमेरो  माटो र रातोमाटो ल्याएर  स्थानियहरुका घर लिपपोद  गर्ने  गछन् । बसन्त ऋतुको आगमा सँगै हरीयाली पालुवा टुसाएको  वन पाखा ढकमक फुलेका विभिन्न रङ्गी चङ्गी फुलहरु सँगै मनाउने चैते दसैका लागि  आज फुल पातिहरु टिपिर ल्याएर आ आफ्नो घरको पूजा कोठा मा राखेर दुर्गा भवानिको पूजाआराधना गरि अष्टमीको दिन बली दिएर मनाईको छ  । आज बिहानै देखि धारा, पाटी, पैव, नदी मा गएर  स्नान गरी बेलुकीपख मिठा मिठा खानाका परिका बनाएर घर का परिवार र चेली वेटीहरु लाई घरमा निम्तो गरेर एक आपसमा मिले रमाउदै खाने गरेर मनाईएको छ ।  
चैते दशै मा घटस्थापना का दिन देखि अष्टमी सम्म भुवानी भित्रीने समय भएकाले घर आगन, मठमन्दिर, घारा, पाटि पैवाहरु सफा सुगर पूजा पाठ र धूप गर्ने र यदि नगरेको खण्डमा  देवि देवता र दुर्गा भवानी रिसाउछौन भन्ने प्रचलन रहिआएको छ ।
 साथै जिल्लाका विभिन्न मठ मन्दिरमा देवताका धामी झाक्तीले पुजा आजा गर्नुका साथै धामीहरु नाँचेको विभिन्न गाउँबाट हाम्रा स्थानिय सम्वाददाताहरुले खबर पठाएको छन । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ । चैते दशैँमा भने त्यो परम्परा छैन । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रूपमा श्रीरामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिएको हो । बडादशैँ जस्तै चैते दशैँको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वाद लिनु हो । बडादशैँमा जस्तै चैते दशैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन