नेभिगेशन
समाज

चैत्र शुक्ल अष्टमी आज चैते दशैँ मनाइँदै

हुम्ला । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज हुल्ला जिल्लाको उत्तरी नाम्खा गाँउपालीका बाहेक  जिल्लाका छ वटै गाँउपालीको  गाँउ घरमा धुम धामका साथ नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाईएको छ । 
चैते दशैका अवसरमा आज बिहानैदेखि सदरमुकाम सिमकोट लगायत जिल्लाका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गरी मनाइएको जानकारी प्राप्त भएको छ । 
स्थानिय स्थरमा मनाइर्ने चैते दशै मनाउनको  लागि सेतो कमेरो  माटो र रातोमाटो ल्याएर  स्थानियहरुका घर लिपपोद  गर्ने  गछन् । बसन्त ऋतुको आगमा सँगै हरीयाली पालुवा टुसाएको  वन पाखा ढकमक फुलेका विभिन्न रङ्गी चङ्गी फुलहरु सँगै मनाउने चैते दसैका लागि  आज फुल पातिहरु टिपिर ल्याएर आ आफ्नो घरको पूजा कोठा मा राखेर दुर्गा भवानिको पूजाआराधना गरि अष्टमीको दिन बली दिएर मनाईको छ  । आज बिहानै देखि धारा, पाटी, पैव, नदी मा गएर  स्नान गरी बेलुकीपख मिठा मिठा खानाका परिका बनाएर घर का परिवार र चेली वेटीहरु लाई घरमा निम्तो गरेर एक आपसमा मिले रमाउदै खाने गरेर मनाईएको छ ।  
चैते दशै मा घटस्थापना का दिन देखि अष्टमी सम्म भुवानी भित्रीने समय भएकाले घर आगन, मठमन्दिर, घारा, पाटि पैवाहरु सफा सुगर पूजा पाठ र धूप गर्ने र यदि नगरेको खण्डमा  देवि देवता र दुर्गा भवानी रिसाउछौन भन्ने प्रचलन रहिआएको छ ।
 साथै जिल्लाका विभिन्न मठ मन्दिरमा देवताका धामी झाक्तीले पुजा आजा गर्नुका साथै धामीहरु नाँचेको विभिन्न गाउँबाट हाम्रा स्थानिय सम्वाददाताहरुले खबर पठाएको छन । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ । चैते दशैँमा भने त्यो परम्परा छैन । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रूपमा श्रीरामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिएको हो । बडादशैँ जस्तै चैते दशैँको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वाद लिनु हो । बडादशैँमा जस्तै चैते दशैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

हुम्लाको सदरमुकाम सिमकोटमा मनाइने स्थानीय पर्व साउने पूर्णिमा तथा जनैपूर्णिमालाई व्यवस्थित, सभ्य र सुरक्षित बनाउन शान्ति सुरक्षा तथा सरसफाइका गतिविधि कडा पारिने भएको छ । सिमकोट गाउँपालिकाको आयोजनामा...
कर्णाली नदीमा बेपक्ता भएका बालबालिकाको स्थानिय परम्परा अनुसार दाहसंस्कार

कर्णाली नदीमा बेपक्ता भएका बालबालिकाको स्थानिय परम्परा अनुसार दाहसंस्कार

बिहीबार खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ सुनाखाडामा कर्णाली नदीमा बेपक्ता भएका बृषबहादुर शाहीकी करिब ११ वर्षीया छोरी अनु शाही र रामचन्द्र रावलका करिब १२ वर्षीय छोरा प्रशान्त रावलको...
अदानचुली जोड्ने सडकमा ढुङ्गा लागेर कामदारको मृत्युः ठेकदार कम्पनीद्धारा दश लाख दिने सहमती 

अदानचुली जोड्ने सडकमा ढुङ्गा लागेर कामदारको मृत्युः ठेकदार कम्पनीद्धारा दश लाख दिने सहमती 

  सडक निर्माणको काम गर्ने क्रममा माथिबाट ढुङ्गा खसेर टाउकोमा लाग्दा घाईते भएका अदानचुली गाउँपालिका– २ का बुढावाडाका ४८ वर्षिय हिर बुढाको मृत्यु भएको छ । बुधबार अदानचुलीकै थलाहाल्नाको...
स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

हुम्लाको सिमकोट गाउँपालिका वडा आठमा रहेको स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला (ल्याब) तथा शौचालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य चौकीमा आउने गर्भवती महिला,...
भर्खरै