नेभिगेशन
समाज

मोबाइलको लतले बिगारेको सपना शिक्षक धन बहादुर ऐडी 

487506379_3150706428439094_6412788400284106129_n-1753722828.jpg
शिक्षक थिए म, कलम थियो साथ,
ज्ञानको उज्यालो बाँड्थें दिनरात ।
तर हेर विद्यार्थी अब हराए,
मोबाइलको पर्दामा सबै गुमाए ।

“बिउँझन नपाउँदै हात मोबाइलमा,
किताबतिर आँखा नलाग्ने भए,
सपना थियो शिक्षक बन्ने उसको,
मोबाइलमै रुमल्लिएर गुमाएको भए

अब त बोल, विद्यार्थी मेरो,
तँ किन हरायौं यो डिजिटल घेरोरु
उठ् अब उठ् कलम समाउ,
सपना बनाउ, जीवन सजाउ

487296560_3146037725572631_5533313293381286083_n-1753722819.jpg
 

सिमकोट ।  हुम्ला जिल्लाकै पुरानो विद्यालय सिमकोटमा रहेको मानसरोवर नमुना माविका शिक्षक धन बहादुर ऐडीले सामाजिक सञ्जालको फेसबुकमा आफ्नो भावना वेदना प्रकट गरेका छन् । आजको डिजिटल युगमा सामाजिक सञ्जाल हाम्रो जीवनको अभिन्न हिस्सा बनेको छ । फेसबुक, टिकटक जस्ता प्लेटफर्महरूले विशेष गरी युवाहरूमा गहिरो प्रभाव पारिरहेका छन् ।  समयको सही प्रयोगले जीवन सफल बनाउन सक्छ भने, गलत दिशामा बगेको समयले सपना चुँडाल्न पनि सक्छ ।

 शिक्षक धन बहादुर ऐडीले आफ्नो कथा मोबाइलको लतले बिगारेको सपना मा पोखेका मनका पीडा र सामाजिक सञ्जालमा दर्साएका छन् । मैले धेरै युवाहरूको उज्यालो भविष्य आफ्नै आँखाले अँध्यारोमा हराउँदै देखेँ, किनकि उनीहरूको हातमा किताब होइन, मोबाइलको स्क्रिन हुन्छ । उनको एक सामाजिक सञ्जालमा युवा छात्रको कथा छ, जसले एसईई पछि राम्रो भविष्य बनाउने सपना देखेको थियो । उसले शिक्षक बन्ने, परिवारको अवस्था सुधार्ने, गाउँको नाम उज्यालो बनाउने अठोट लिएको थियो  ।

 तर बिस्तारै, मोबाइलको लतले उसको ध्यान पढाइबाट हट्यो  । टिकटक, गेम, फेसबुक, युट्युब उसले समय यिनैमा खर्चन थाल्यो । अन्ततः, न परीक्षा पास भयो, न सपनाहरू पुरा गर्यो । मोबाइल आफै खराब होइन, तर यसको प्रयोगले दिशा बिगार्दिन्छ भने त्यो लत हो । आजका बालबालिकाले सिक्नुपर्ने उमेरमा मोबाईलको ‘स्क्रिन’को कैदी बनेका छन्, शिक्षक ऐडी आफ्नो दुखेसो पोख्यका छन्  ।

 उनको भावना केवल साहित्यिक मात्र नभई, सामाजिक सन्देश पनि हो । समाज, अभिभावक, शिक्षक, विद्यार्थी सबैका लागि चेतावनी हो । यदि समयमै सुधार नभए, मोबाइलको लतले एउटा पुस्ताको जिन्दगी नै बर्बाद हुन्छ ।  शिक्षक ऐडीले शब्दमा पोखेको यो कथा कुनै काल्पनिक होइन, आज हाम्रो वरिपरि घटिरहेको यथार्थ हो । अब समय आएको छ । मोबाइललाई साधनको रूपमा उपयोग गर्ने कि जीवन बिगार्ने नशाको रूपमा बोक्ने भन्ने निर्णय हाम्रो आफ्नै हो । शिक्षक ऐडीले आजका किशोर(किशोरीहरू कसरी मोबाइलको लतमा फसेर पढाइ र भविष्य दुवै गुमाइरहेका छन् भन्ने कुरालाई भावुक शैलीमा प्रस्तुत गरेका छन् । मोबाइल खराब होइन, यसको लत खराब हो । मोबाइल प्रयोग गर्नुहोस्, तर सीमित मात्रामा पढाइ र भविष्यभन्दा माथि कहिल्यै नराख्न शिक्षक ऐडीले आग्रह गका छन् । 

162521692_1944476619062087_6931813722309519980_n-1753722820.jpg

शीर्षक : मोबाइलको लतले बिगारेको सपना
सानो गाउँको एक होनहार केटो थियो – राजु । उसलाई सधैं पढ्न मन पथ्र्यो, शिक्षक बन्ने सपना थियो। बिहानै उठ्थ्यो, किताब खोल्थ्यो, बाबुआमालाई सघाउँथ्यो। विद्यालयमा सबै शिक्षकले गर्व गर्थे उसमा ।
एकदिन स्कुलको साथीले उसलाई मोबाइल दियो –“राजु, यो चलाएर हेर त गेम कस्तो मज्जाको छ !“ राजुले नयाँ कुरा पाएजस्तो चलायो, रमायो । त्यस दिनबाट उसले पढाइभन्दा मोबाइललाई बढी समय दिन थाल्यो।
रातभर गेम, टिकटक, युट्युब। बिहान ढिलो उठ्ने, होमवर्क नगर्ने, कक्षामा झ्याप्प निदाउने। शिक्षकहरूले सम्झाए – “राजु, तिमी यस्तो के गर्दैछौ? तिमी त भविष्यका आदर्श थियौ !“ तर राजु सुनिरहेको थिएन, ऊ मोबाइलको पर्दाभित्र हराएको थियो।
अन्ततः एस.ई.ई. को नतिजा आयो –जहाँ उसले कहिल्यै कल्पना नगरेको कम अंक ल्यायो। सपना? त्यो त मोबाइलको स्क्रिनभित्र कताकता हरायो।
आज ऊ चौकमा मोबाइल रिपेयर गर्ने सानो पसल चलाउँछ। उसको अनुहारमा पछुतो देखिन्छ “सपना त मेरो थियो, तर म त मोबाइलको गुलाम भएछु।“
शिक्षा :
सपना देख्न जरुरी हो, तर त्यसलाई पुरा गर्न धैर्य, मिहिनेत र आत्मअनुशासन अझ जरुरी हुन्छ। मोबाइल प्रयोग गरौं, तर त्यसको लत लाग्न दिनुहुन्न।
  ३ साभार । 
मोबाइलको लतले युवकको सपना चकनाचुर
 शिक्षक धन बहादुर ऐडी 
मानसरोवर नमुना मावि सिमकोट हुम्ला । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
अस्थायी साधन अभावका कारण महिलाले रित्तो हातमा घर फर्कनु पर्ने बाध्यता

अस्थायी साधन अभावका कारण महिलाले रित्तो हातमा घर फर्कनु पर्ने बाध्यता

नियमित रूपमा प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन डिपो सरकारी स्वास्थ्य चौकीमा पाइन छोडेको सिमकोट गाउँपालिका–२, ठेहे गाउँकी ल्वान्नी सुनारले बताउनुभयो । परिवार नियोजनका सबै खाले अस्थायी साधन...
सहिद परिवारलाई स्वागत तथा सम्मान गरी हुम्लामा ३१ औँ जनयुद्ध दिवस मनाइयो

सहिद परिवारलाई स्वागत तथा सम्मान गरी हुम्लामा ३१ औँ जनयुद्ध दिवस मनाइयो

आज ३१ औँ जनयुद्ध दिवसका अवसरमा नेपाली कम्युनिष्ट पार्टीले हुम्लाका सबै पालिकामा विभिन्न कार्यक्रम आयोजना गर्दै यो दिवस मनाइएको छ । हुम्ला जिल्लामा ३१ औँ महान जनयुद्ध दिवसको...
सर्केगाड ६ बराईको एक घरमा आगलागी हुँदा धनमालको क्षेती

सर्केगाड ६ बराईको एक घरमा आगलागी हुँदा धनमालको क्षेती

हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर ६ बराईको एक घरमा आगलागी भएकोे छ । घरमा आगलागी हुँदा भौतिक सामग्रीको क्षेती भएको छ । सर्केगाड गाउँपालिका–६ बराईका...
दुई वर्षदेखि हराएका र चोरि भएका मोवाइल बुझायो

दुई वर्षदेखि हराएका र चोरि भएका मोवाइल बुझायो

गत दुईवर्षदेखि हराएका तथा चोरी भएका मोबाइलहरू जिल्ला प्रहरी कार्यालय हुम्लाले आज शुक्रबार एक कार्यक्रमका विच बुझाइएको छ । यस अघि हुम्ला जिल्लाका विभिन्न सहर तथा गाउँबस्तीबाट हराएका...
भर्खरै